
काठमाण्डौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले ३० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव साधाणसभाबाट पारित भएको छ । कम्पनीको आज बुधबार सम्पन्न २८ औ बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
नेशनल लाईफले चुक्ता पूँजीको ३० प्रतिशत बोनस आफ्ना सेयर लगानीकर्तालाई बाड्नेछ । यसका साथै कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश पनि दिने भएकोछ । बोनस वितरण गरिसकेपछि कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएकोछ ।
२९ मंसिर २०७३, ३.३०
वि.सं.२०७३ मंसिर २९ बुधवार २१:१३ मा प्रकाशित