
काठमाण्डौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो स्वआर्जनबाट प्राप्त रकम बैंक तथा जलविद्युतको सेयरमा लगानी गरेको उल्लेख गरेका छन् । जसको मूल्य पनि उनले सम्पति विवरणमा खुलाएका छन् ।
थापा दम्पतीले स्वआर्जनबाट सुनखानी एकीकृत कृषि केन्द्र प्रालीमा ५ लाख बराबरको सेयर हालेका छन्। त्यसैगरि मिडवेस्ट एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेन्ट प्रालीमा पनि ५ लाखको सेयर हालेका छन्। थापा एक्लैले पौरखी एकीकृत कृषि केन्द्र प्रालीमा १ लाखको सेयर हालेका छन्।
मन्त्री थापाले आफूसँग ५ हजार नगद भएको देखाएका छन्। त्यस्तै एभरेष्ट बैंकको खातामा चार हजार नगद जम्मा छ, जुन उनको सरकारी तलब जम्मा हुने खाता हो।
उनका श्रीमती, पिता एवं आमाको नाममा पनि बिभिन्न कम्पनीको सेयर रहेको छ। आमाको नाममा बैंक अफ काठमाडौँ लुम्बिनी, एनआइसी एसिया बैंक, मेगा बैंक लगायतको सेयर छ। यस्तै बुबाको नाममा अपि पावर, माथिल्लो तामाकोशी लगायतको सेयर रहेको छ। श्रीमतीको नाममा ङादी गुप्र प्राली, खानी खोला हाइड्रो पावर लगायत कम्पनीको सेयर छ।
३० मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर ३० बिहीवार १६:५६ मा प्रकाशित