back

सेयर बजार घटेर चिन्तित हुनुहुन्छ ? तर घटेको बजारमा यसरी हुन सक्छ धेरै कमाई

Kumari bank ad

धेरै कमाई हुने लालचमा कयौं लगानीकर्ता सेयरबजारमा आकर्षित भएका हुन्छन्। तर पुँजी बजारमा कमाउन त्यती सहज छैन। धैर्यता र लगानी अनुशासन भएर मात्र कमाउने भन्ने हुँदैन। यसका लागि बजार बारे खोज अनुसन्धान गर्ने बानी र ज्ञान पनि आवश्यक हुन्छ। भारतीय सेयर विश्लेषक सिन्हाको इकोनोमिक टाइम्समा प्रकाशित लगानीकर्तालाई दिएको सुझाव निम्न छ :

छिटो प्रतिफलको लोभमा आएका लगानीकर्ता बजारमा उतारचढाव देखिने वित्तिकै हतोत्साहित भई पलायन हुन सक्छन्। उतारचढावले लगानीकर्ताहरु द्विविधामा पारिदिन्छ, लगानी गर्ने कि, होल्ड गर्ने वा बिक्रि गर्ने ?

अहिलेसम्म सेयर बजारमा सफल हुने कुनै निश्चित सुत्र त पत्ता लागिसकेको छैन, तथापि यहाँ प्रस्तुत गरिएका केही उपायहरु अवलम्बन गरेमा लगानीकर्ताले कमाउने सम्भावना भने बढेर जान सक्छ।

१. लहडको पछि नलाग्नुहोस्
लगानीकर्ता आफुले चिनेका ब्यक्ती, आफन्त वा छिमेकीको निर्णयबाट प्रभावित भएका हुन्छन्। यदि कसैले कुनै सेयर खरिद गरिरहेका छन् भने धेरै लगानीकर्ताको त्यसलाई पछ्याउँछन्। तर, यस्तो रणनीतिमा लगानी गर्दा दीर्घकालमा लगानीकर्ताले जोखिम ब्यहोर्नु पर्ने हुन सक्छ। तसर्थ सेयर बजारमा आफुले दुःख गरेर कमाएको पैसा जोगाउनु र थप कमाउँदै जानु छ भने लहडको पछि नलाग्नु होस्।

संसारका महान् लगानीकर्ता वारेन बफेटले भनेका छन्( ‘अरु लोभी भएका बेला तपाईँ डराउनु होस्, अरु डराएका बेला तपाई लोभी हुनुहोस्।’

२. बुझेर निर्णय लिनुहोस्
सेयरमा पैसा हाल्नु अघि लगानीकर्ताले अनुसन्धान गर्नै पर्छ। तर, सायदै लगानीकर्ताले मात्र यस्तो अनुसन्धान गर्छन्। लगानीकर्ता प्रायः कम्पनीको नाम मात्र हेर्छन् र निर्णय लिन्छन्। यसरी लगानिगर्दा जोखिम हुनसक्छ।

३. आफुले बुझ्ने व्यवसायमा मात्रै लगानी गर्नुहोस्
कम्पनीको सेयरमा मात्र नभइ उक्त कम्पनीको व्यवसाय हेरेर लगानी गर्नुहोस्। र, त्यस्तो व्यवसायमा संलग्न कम्पनी छान्नुहोस्, जसले फाइदा कमाउँछ भन्ने तपाईँ बुझ्नुहुन्छ। त्यसैले कुनै पनि कम्पनीमा लगानि गर्नु पूर्व त्यो कम्पनीले कस्तो व्यवसाय गर्छ भन्ने कुरा अनिवार्य जान्नुहोस्।

४. समयसीमा नतोक्नुहोस्
एकटा काम वारेन बफेटले पनि कहिल्यै गरेनन्। त्यो हो सेयर बजारको समयसीमा तोक्ने। तथापी कम्पनीको सेयरको मूल्यस्तर बारे उनको प्रष्ट धारणा थियो। धेरै लगानीकर्ताहरु बजारको समयसीमा तोक्दा घाटा खान पुग्छन।

बास्तवमा अहिलेसम्म लगानीको समयसीमा तोकेर सफल भएको कसैकोपनि उदहारण छैन। यति समयमा किन्ने या यो बेला बेच्नु पर्छ भन्ने कुरा मिथ ९कहानी० मात्र हुन्। मिथमा विश्वास गर्दा पुराना लगानीकर्ता भन्दा नव प्रवेशीले छिटो गुमाउन सक्छन्।

५. अनुशासित भएर लगानी गर्नुहोस्
बुलको समयमा पनि बजार उतारचढाव हुँदा धेरै लगानीकर्ताहरु गुमाउन पुग्छन्। तर यदि लगानीकर्ताले अनुशासित भएर लगानी गरे बियर बजारमा पनि आम्दानी गर्न सक्छन्। धैर्यतासँगै आफ्नो क्षमता अनुरुप अनुशासित लगानी अपरिहार्य हुन्छ।

६. भावनामा बगेर निर्णय नगर्नुहोस्
लोभ, डर र भावना नियन्त्रण गर्न नसक्दा धेरै लगानीकर्ताहरु गुमाउन पुग्छन्। बुल बजारमा पनि एकै पटक धेरै कमाउन सम्भव हुँदैन। लगानीकर्ता सेयरको मुनाफा बारे राम्रा राम्रा कुरा सुन्दा लोभिन्न पुग्छन्। यस्ता कुराको बलमा नजानेर सेयरमा लगानी गर्दा लगानीकर्ताले ठूलो जोखिम मोल्नुपर्ने हुनसक्छ।

बजार बियारिस ट्रेन्डमा हुँदा लगानीकर्ता पेनिक भएर सेयर बिक्रि गर्न पुग्छन्। त्यसले पनि नोक्सान नै हुन्छ। तसर्थ सेयर बजारमा लगानी गर्दा लोभ र डर भन्दा माथि उठेर आफ्नो भावनालाई नियन्त्रण गर्न सक्नुपर्छ।

७. पोर्टफोलियो बनाएर लगानी गर्नुहोस्
सेयरमा लगानी गर्दा सम्पतिको वर्ग हेरेर पोर्टफोलियो विविधीकरण गर्न सके न्युनतम जोखिममा धेरै मुनाफा आर्जन गर्न सकिन्छ। विविधीकरण लगानीकर्ताको जोखिम लिन सक्ने क्षमता अनुरुप हुनुपर्छ।

८. व्यवहारिक आशा मात्रै राख्नुहोस्
आफ्नो लगानीबाट राम्रो प्रतिफल आउँछ भन्ने आश गर्नु कुनै नराम्रो होईन। तर यदि तपाईको मुनाफा लक्ष्य व्यवहारिक छैन भने समस्या भोग्नु पर्ने हुनसक्छ। सधैँ एउटै स्टकले राम्रो प्रतिफल दिन्छ भन्ने हुँदैन। त्यसैले सधैँ कमाउँछु भनेर सोच्नु गलत हो।

९. नाफाको धनमात्रै लगानी गर्नुहोस्
यदि तपाई उतारचढाव पूर्ण बजारमा जोखिम लिन चाहनु हुन्छ भने आफुसँग नाफा भएरनभएको हेर्नुहोस्। जसले नोक्सान हुँदा पनि तपाईलाई अफ्ठ्यारो स्थितीबाट बचाउन सकोस्। उतारचढाव पूर्ण बजारमा सधै नोक्सान नै हुन्छ भन्ने त हुँदैन। तयारी राम्रो हुँदा दिर्घकालीन लाभ लिन सकिन्छ।

नाफा नै हुन्छ भन्नेमा कोहि पनि शतप्रतिशत सुनिश्चित हुँदैन तसर्थ जोखिम त लिनै पर्ने हुन्छ।

१०. लगानीमा नियमित आँखा पु¥याउनुहोस्
विश्व एक परिवार जस्तो भइ सकेको। दुनियाँको कुनै पनि ठाउँको घटनाले हाम्रो पुँजी बजारलाई पनि प्रभाव पारेको हुन्छ। तसर्थ हामीले हाम्रो पोर्टफोलियोको जोखिम अवस्थाबारे निरन्तर सचेत हुनुपर्छ र समय समयमा परिवर्तन गरि रहनु पर्छ।

यदि आफैँ पोर्टफोलियोकोको समिक्षा गर्न सक्नुहुन्न भने वित्तीय बजारका जानकार विज्ञको सल्लाह पनि लिनुपर्छ। तपाईँ त्यति पनि गर्नुहुन्न भने सेयर बजारमा लगानी गरेर मुनाफा कमाउने सम्भावना कम हुन्छ। यस्तो अवस्थामा आफ्नो पैसा कम जोखिम नहुने स्थानमा लगानी गर्दा राम्रो हुन्छ।

३० मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ३० बिहीवार १६:४७ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...