
अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने बाल्खमा बुधबार भएको हवाई आक्रमणमा परी २१ जनाभन्दा बढीको मृत्यु भएको छ । लुकेर बसेका तालिबानी लडाकुहरूलाई लक्षित गरी सरकारी सेनाले आक्रममण गर्दा उनीहरूको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
सुरक्षाकर्मीहरूले सुरक्षा कारबाहीका क्रममा तालिवानी लडाकूहरूले लुकाइराखेका हातहतियार पनि नष्ट गरेको मन्त्रालयले जनाएको छ ।
आतङ्ककारीकारीहरूलाई लक्षित गरी देशका अन्य ठाउँमा पनि सुरक्षा कारबाहीलाई निरन्तरता दिने गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मितिः २०७३ मंसिर २९
वि.सं.२०७३ मंसिर ३० बिहीवार ०१:४६ मा प्रकाशित