काठमाण्डौं । चिलिमे हाइड्रो पावर कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांस वितरण गर्ने भएकोछ । कम्पनीको आज बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।
कम्पनीको योे प्रस्तावलाई बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले गत बर्ष ९२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको अहिले तीन अर्ब १३ करोड रुपैयाँ चुक्तापूँजी छ । चिलिमेले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा ३० करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ।
३० मंसिर २०७३, ११।३०
वि.सं.२०७३ मंसिर ३० बिहीवार १७:४४ मा प्रकाशित