काठमाडौ । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंक ४५ प्रतिशत बोनस पश्चात शतप्रतिशत (एक बराबर एक अनुपात)मा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
बैंकको साधारण सभा आगामि पुस २५ गते हुने भएको छ । बैंकले साधारण सभा प्रयोजनको लागि आगामि पुस ८ गते देखि २५ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर ३०
वि.सं.२०७३ मंसिर ३० बिहीवार १९:३० मा प्रकाशित