
धाादिङ । धादिङको भूमेस्थान–६, सिम्लेमा स्कारपियो जीप दुर्घटना हुादा तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुङ गाउँशहर–६ निवासी २५ बर्षीय माधव धिताल , वेंसीशहर– १४ निवासी ३१ वर्षीय विष्णुबहादुर रावतको सनाखत भएको छ । अन्दाजी ४५ वर्षीय महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । हुस्सु लागेको बेला बिहान ५ बजे दुघर्टना भएको अनुमान गरिएको छ ।
जिप पृथ्वी राजमार्गबाट करिव १०० मिटर तल खसेको छ । ग २ च ४५ ७२ नम्बरको जीप शुक्रबार बिहान दुर्घटनामा परेको वैरेनी प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी ।
वि.सं.२०७३ पुस १ शुक्रवार १४:१८ मा प्रकाशित