
काठमाण्डौं । केही दिनदेखि लगातार घटिरहेको सुनको भाउ आज पुसको पहिलो दिन पुनः घट्न पुगेकोछ । सुन आज तोलाको ४ सय रुपैयाँले सस्तो भएको हो ।
हिजो बिहीवार प्रतितोला ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ५१ हजार ७ सय रुपैयाँमा झरेको छ ।
आज चाँदीको मूल्य पनि घट्न पुगेकोछ । आज चाँदी एकैचोटी तोलाको २५ रुपैयाँ सस्तो भएकोछ । आज बजारमा चाँदीको भाउ प्रति तोला ७ सय ६५ रुपैयाँ कायम भएको छ ।
यो महिनामा पनि सुनको मूलय अझै घट्न सक्ने आँकलन गरिएको छ ।
१ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस १ शुक्रवार १७:३८ मा प्रकाशित