
काठमाण्डौं । साईन रेसुङ्गा डेभलमपेण्ट बैंकले आफ्ना सेयर धनीहरुका लागि २७ प्रतिशत नगद लाभांश दिने भएकोछ । बैंकले प्रस्ताव गरेको यो लाभाशं मंसिर २९ गते भएको बैंकको सभारणसभाले पारित गरेकोछ ।
बैंकले गत आर्थिक बर्षमा २७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले यस्तो नाफा १८ करोढ २२ लाख रुपैयाँ गरेको थियो । साईन रेसुंगाको चुक्ता पूँजी ८७ करोड छ भने उसले गत बर्ष ३१ रुपैयाँ प्रति सेयर आम्दानी गरेको छ । बैंकले गौमुखी बिकास बैंकलाई आफुमा गाभेको छ ।
१ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस १ शुक्रवार १७:३१ मा प्रकाशित