
काठमाण्डौं । माछापुच्छ्रे बैंकले हकप्रद समेत दिएपछि बोनस सेयरको प्रतिशत घटेर मूल्य समायोजन भएको छ । हाल बिक्री भईरहेको ५० प्रतिशत हकप्रद बाहेक २०.७५ प्रतिशत बोनस प्रस्ताव गरेकोमा अहिले हकप्रदलाई समेत गणना भएपछि १३.८३३ अनुपात कायम हुँदा सेयर मूल्य ४५२ रुपैयाँ प्रति कित्ता कायम भएको जनाईएको छ । यसको आधार मूल्य भने ४ सय ८६ लिइएकोछ ।
बैंकले बोनस लगायतमा प्रस्ताव पारित गर्न पुष २२ गतेका लागि साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्तापूँजी ३ अर्ब ८६ करोड रुपैयाँ तथा जगेडा कोषमा १ अर्ब ५१ करोड रुपैयाँ छ । बोनस बाँडेपछि बैंकको पुँजी ८० करोड रुपैयाँले बढ्नेछ ।
बैंकले हालको चुक्तापूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने क्रममा रहेको छ । बैंकले हकप्रद प्रयोजनका लागि गत कात्तिक १२ गते नै सेयरधनी दर्ता पुस्तिका बन्द गरेर मंसिर १९ गतेदेखि ५० प्रतिशत हकप्रद बिक्री खुला गरिसकेको छ । बैंकको हकप्रदमा पुष २४ गतेसम्म आवेदन गर्न सकिनेछ ।
३ पुस २०७३, ११.००
वि.सं.२०७३ पुस ३ आइतवार ११:२८ मा प्रकाशित