
काठमाण्डौं । केही समय यता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन सामान्य बढेको छ । आज आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्न पुगेको छ ।
बजारमा सुनको भाउ बढेर प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, अघिल्लो साता २५ रुपैयाँले घटेको चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।
३ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस ३ आइतवार ११:३८ मा प्रकाशित