काठमाण्डौं । बोनस सेयर तथा हकप्रद प्रयोजनको लागि मन्जुश्री फाइनान्सले एकैसाथ सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सूचना जारी गरेको छ । कम्पनीले बोनस सेयर जारी गर्ने लगायतका प्रस्ताव पारित गराउन पुस २९ गते साधारणसभा बोलाएको छ ।
साधारणसभामा भाग लिन, बोनस पाउन र हकप्रद सुरक्षित गर्न यही पुस ८ गतेसम्ममा यस कम्पनीको सेयर किनिसक्नु पर्नेछ ।
फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट १४ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि शुन्य दशमलव ७४ प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको छ । साथै कम्पनीले अघिल्लो साधारणसभा र धितोपबबोर्ड दुबैबाट पारित गरेको १ सय ७५ प्रतिशत हकप्रद निष्काशनको लागि पनि एकसाथ सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सूचना जारी गरेको छ ।
कम्पनीका अनुसार बोनस र हकप्रदका लागि यहि पुष ९ गतेदेखि २९ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द हुने भएको छ ।
३ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस ३ आइतवार १२:५२ मा प्रकाशित