काठमाण्डौं । नेको ईन्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएपछि बुक क्लोजको मिती घोषणा गर्दै साधारणसभा डाकेको छ । कम्पनीले शत प्रतिशत हकप्रद, २० प्रतिशत बोनस सेयर र साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ ।
नेकोले यही पुस २८ गते २१ औं साधारणसभाको मिति तय गरेकोछ । कम्पनीको हकप्रद र बोनस पाउनका लागि पुस १३ गतेसम्म सेयर किनिसक्नु पर्ने बताएकोछ । कम्पनीको हाल चुक्ता पूँजी ३२ करोड ४० लाख रहेकोछ ।
७ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस ७ बिहीवार १२:०९ मा प्रकाशित