
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ ।
कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो । र, रिट निवेदक ओमप्रकाश अर्याल पक्षधरका वकिलहरुले बहस गरेका छन् । कार्की भने पेशीका लागि अपराह्न अदालत पुगेका थिए । त्यही क्रममा उनीमाथि एक व्यक्तिले आक्रमण गरेर कालोमोसो दलेका हुन् ।
कार्कीमाथि हातपात गर्नेहरुले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फाईल फोटोको प्रयोग
प्रकाशित मितिः २०७३ मुस ७
वि.सं.२०७३ पुस ७ बिहीवार १६:४९ मा प्रकाशित