back
NMB ad

‘जनकपुर–जयनगर’ रेल चालु आवमै संचालनमा ल्याउन निर्देशन

Kumari bank ad

काठमाडौ। व्यवस्थापिका–संसद्, विकास समितिले ‘जनकपुर–जयनगर रेल’ मार्ग यसै आर्थिक वर्षमा सञ्चालन हुनेगरी गरी काम अगाडि बढाउन निर्देशन दिएको छ । समितिको आज बसेकोे बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव र रेल विभागका महानिर्देशकलाई काठमाडौँ मेट्रो रेलको काम अगाडि बढ्ने गरीे पुनः सम्भाव्यता अध्ययन गर्न, रेल मार्गमा पर्ने जग्गाको क्षतिपूर्ति दिन र अन्य जग्गा संरक्षण गर्न, नदीजन्य सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) को मात्रै भर नपरी खानीको सामान उपयोग गर्न पनि भनेको छ ।

समितिले नेपालका विभिन्न क्षेत्रमा रेल सेवा पु¥याउनका लागि समग्रमा ‘रेल सञ्जाल कार्ययोजना’ बनाउन पनि निर्देशन दिएको छ । उत्तर दक्षिण नाका जोड्ने रेल मार्ग निर्माणबाट देशको आर्थिक विकासको आधार निर्माण हुने र त्यसबाट विश्वका अन्य देशसँग व्यापारिक पहुँच बढ्ने भएकाले समग्र कार्ययोजना बनाउन निर्देशन दिएको हो ।

काठमाडौँमा मेट्रो रेल चलाउनका लागि यसै वर्षबाट काम प्रारम्भ प्रतिबद्धता व्यक्त गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नेपालमा रेल मार्ग निर्माणका लागि विभिन्न देशसँग समेत छलफल भइरहेको बताए ।

“पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल मार्ग निर्माण गर्नेबारे आवश्यक तयारी भइसकेको छ, चाँडोभन्दा चाँडो पिटिआर तयारबारे प्रक्रिया अगाडि बढेको छ” – मन्त्री लेखकले भने ।

सभापति रवीन्द्र अधिकारीले चीन र भारतलगायतका मुलुकमा रेल यातायात राम्रो रहको अवस्थामा नेपालले पनि रेल नेटवर्कलाई प्रभावकारी बनाउन कार्ययोजनाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः २०७३ पुस ७

वि.सं.२०७३ पुस ७ बिहीवार १९:३८ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...