
काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबार देखि एक सय रुपैयाँ अंकित दरका २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । यसको सेयरमा लगानीकर्ताले छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सिनर्जी पावरले निष्काशन गरेको कुल २१ लाख कित्तामध्ये १९ लाख ३२ हजार कित्ताका लागि मात्र सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । आवेदन दिन चाहने लगानीकर्ताले नक्सालमा रहेको कम्पनीको कार्यालय, नक्सालमा नै रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय र सानिमा बैंकका सबै शाखाहरुमा सम्पर्क राख्नु पर्ने हुन्छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम ५० कित्ता अर्थात् ५००० रुपैयाँ र अधिकतम २१ हजार कित्ता अर्थात २१ लाख रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । सिनर्जी पावरले दोलखामा १० मेगावाटका सिप्रिङ खोला हाइड्रोपावर निर्माण गरिरहेको छ ।
८ पुसर २०७३, १०।३०
वि.सं.२०७३ पुस ८ शुक्रवार १०:४१ मा प्रकाशित