काठमाण्डौं । शिखर इन्स्योरेन्सले १० प्रतिशत थप नयाँ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीमा संस्थापकको हिस्सा ६० तथा सर्वसाधारणको ४० प्रतिशत कायम गर्नका लागि इन्स्योरेन्सले १० प्रतिशत एफपिओ जारी गर्ने भएको हो ।
गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ६० प्रतिशत बोनस तथा तीन दशमलव १५ प्रतिशत नगद लाभांस सहित १० प्रतिशत एफपिओ निष्काशन गर्ने प्रस्ताव इन्स्योरेन्सको साधारण सभाले पारित गरेको छ ।
इन्स्योरेन्सले बोनस बितरण पश्चात कायम हुने पूँजीका आधारमा १० प्रतिशत नयाँ सेयर निष्काशन गर्ने भएको हो । अहिले चुक्ता पूँजी ५० करोड ९८ लाख ९७ हजार रुपैंया रहेको इन्स्योरेन्सको ६० प्रतिशत बोनस बितरण पश्चात चुक्ता पूँजी ८१ करोड ५८ लाख ३५ हजार रुपैंया पुग्नेछ ।
यो पूँजीका आधारमा १० प्रतिशतको दरले ९ लाख कित्ताको हाराहारीमा मात्र सेयर देखिने भए पनि संस्थापकतर्फको सेयरलाइ मिलाएर लैजाँदा १३ लाख ६२ हजार कित्ता सेयर निष्काशन हुने इन्स्योरेन्सले जनाएको छ ।
८ पुस २०७३, ४।००
वि.सं.२०७३ पुस ८ शुक्रवार १६:२१ मा प्रकाशित