
यमनमा करिब दुई महिनायता भएको अमेरिकाआवद्ध चालकरहित विमान आक्रमणमा कम्ती २८ व्यक्तिको मृत्यु भएको छ । यमनभरी नौ वटा स्थानमा भएको यस चालकरहित विमान आक्रमणमा अरेबियाली उपमहाद्विपमा रहेका अल कायदा समूह (एक्युएपी) का २८ आतङ्ककारी मारिएका पेन्टागनद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत सेप्टेम्बर २३ देखि डिसेम्बर १३ सम्म जारी सो चालकरहित विमान आक्रमणहरुमा ती व्यक्तिहरु मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । अरेबियाली उपमहाद्विपका अल कायदा आतङ्ककारी समूहले सन् २०१५ को जनवरीमा फ्रान्सको राजधानी पेरिसमा अवस्थित चार्ली हेब्डो पात्रिकामा भएका रक्तपातपूर्व आक्रमणको जिम्मा लिएका थिए ।
प्रकाशित मितिः २०७३ पुस ८
वि.सं.२०७३ पुस ८ शुक्रवार १५:२७ मा प्रकाशित