काठमाण्डौं । साताको पहिलो दिनमै सेयर बजारमा ४२.८४ अंकको पहिरो गएको छ। आज नेप्से परिसूचक ४२.८४ अंकले घटेर १४३२.५७ अंकमा पुगेको छ।
योसँगै कारोबार रकम पनि उल्लेख्य घटेको छ । सोमबार १३० कम्पनीको ४८ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
केही समयदेखि निरन्तर बोनस, राईट सेयर लगायतले बजारमा सेयर बढेको छ तर यसको अनुपातमा माग बढ्न नसक्दा सूचक र कारोबार रकम घट्न पुगेको हो ।
११ पुस २०७३, ३।४०
वि.सं.२०७३ पुस ११ सोमवार १५:५१ मा प्रकाशित