back

‘पशुपतिप्रसाद’ले पाएको सर्वोत्कृष्ट चलचित्रको अवार्ड फिर्ता

Kumari bank ad

काठमाण्डौं । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा फिल्म अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको पशुपति प्रसादले अवार्ड फिर्ता गर्ने भएको छ ।

पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले अन्य विधामा नपाएको फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएकाले नैतिक रुपमा अवार्ड अस्वीकार गर्ने बताएका छन्।

‘सर्वोत्कृष्ट फिल्म हुन जुन जुन महत्वपूर्ण विधा आवश्यक पर्छ त्यो नभएपछि नैतिकरुपले अवार्ड लिन नमिल्ने लागेर मैले अवार्ड लिइनँ । ३–४ पटक नाम अनाउन्स भयो । तर, म अवार्ड लिन गइनँ । म नगएपछि दीपकराज गिरीले त्यो अवार्ड दिइदिनुभयो’ खनालले भने, ‘अवार्ड होटलमै छाडेर आउन लागेको थिएँ तर आफ्नो देशको चिजको माया लागेर विदेशमा छोड्न मन लागेन । हिजो एरपोर्टमा आउनेवित्तकै नेफ्टाका महासचिवलाई म यो अवार्ड स्वीकार गर्न सक्दिनँ, अफिस बुझाउन पठाइदिन्छु भनेको थिएँ । राजीनामा दिइसक्नुभएछ ।’

यता, नेफ्टाका महासचिव सुरज आचार्यले पनि अवार्डको परिणाममा असन्तुष्टि जनाउँदै निर्वाचित भएको १ वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिएको खबर छ।

१२ पुस २०७३, नेपाल समाचारपत्र, ८।००

वि.सं.२०७३ पुस १२ मंगलवार ०८:५६ मा प्रकाशित

You can share this post!

नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज मिति तय

नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज मिति तय

वि.सं.२०८० मंसिर २० बुधवार १०:१९

काठमाडौं । नेपाल इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ ।...

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी   

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी   

वि.सं.२०८० मंसिर २० बुधवार १०:०६

काठमाडौँ, २० मङ्सिर : औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले...

लाभांश प्रस्तावसहित मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २० बुधवार ०९:५८

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा बोलाएको छ ।...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति ?

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति ?

वि.सं.२०८० मंसिर २० बुधवार ०७:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २० गते बुधबारका...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर २० बुधवार ०६:५३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड आज हुने भएको...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८० मंसिर २० बुधवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास...