
काठमाण्डौँ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा करिब रु एक करोडको कारोबार भएको छ ।
स्थानीय भृकुटीमण्डपमा ‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ भन्ने नाराका साथ यही पुस ५ देखि आजसम्म जारी जुत्ताचप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी करिब ९० हजार दर्शकले अवलोकन गरेका छन् । प्रदर्शनीमा ३५ उद्योगका स्वदेशी जुत्ता तथा छालाजन्य वस्तु उत्पादक कम्पनी तथा व्यावसायिक १ सय २० बिक्री कक्ष राखिएको थियो ।
प्रदर्शनी समापनका अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि सरकारले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने र निजी क्षेत्रलाई आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने बताए।
आयोजक संस्थाका अध्यक्ष रवीनकुमार श्रेष्ठले छालाजन्य उत्पादनको कच्चा पदार्थ आयातमा भन्सार सहुलियतको माग गरे। सो प्रदर्शनीको अवधिभर त्यस्ता उत्पादनमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको मेलाका संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए।
छालाजन्य वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थका साथै सुटिङका लागि नाम चलेका स्वदेशी सिलाइ ९टेलरिङ० कम्पनीले पनि सहभागिता जनाएका थिए । मुलुकभित्र करिब पाँच करोड जुत्ता तथा चप्पलको माग भए पनि त्यसको ६० प्रतिशत मात्र उत्पादन हुने गरेको बताइएको छ । नेपालमा जुत्ता तथा छालाजन्य वस्तु उत्पादनका उद्योगमा करिब रु १५ अर्बको लगानी छ ।
१२ पुस २०७३, रासस ८।००
वि.सं.२०७३ पुस १२ मंगलवार ०९:०७ मा प्रकाशित