back
NMB ad

नौं कम्पनीको करोडौंको सेयर नेप्सेमा सूचिकृत, कम्पनी थाहा पाउनुहोस् सेयर किन्नुहोस्

Kumari bank ad

काठमाण्डौं । हिजो र आज नेपाल स्टक एक्सचेन्ज नेप्सोमा ९ वटा कम्पनीले आफ्नो सेयर बिक्रीका लागि सूचिकृत गरेका छन् । यसरी सूचिकृत गर्नेमा अधिकांश कम्पनीले बोनस सेयर ल्याएका छन् । ती कम्पनीहरु यस प्रकार रहेका छन् ।

अल्पाईन डेभलपमेण्ट बैंकले २ लाख ७१ हजार  ४ सय कित्ता बोनस सेयर र ८ लाख २० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत गरेको छ । त्यस्तै, नेपाल बंगलादेश बैंकले पनि ९७ लाख २५ हजार ४ सय ७६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गरेकोछ ।

यसैगरी, आईसीएफसी फाइनान्स लिमिटेढले पनि ११ लाख ६४ हजार ९ सय ८५ दशमलव ११ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गरेकोछ । अर्को कम्पनी ओमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि १ लाख ८० हजार कित्ता हकप्रद सेयर सूचिकृत गरेकोछ ।

यस्तै, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले १४ लाख ४० हजार ४ सय ७ दशमलव ५ कित्ता हकप्रद सेयरको नेप्सेमा सूचिकृत गराएकोछ । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भने ७५ लाख ६ हजार ७ सय ५७ दशमलव ६२ कित्ता बोनस सेयरको सूचिकृत गराएकोछ ।

नेप्सेमा सेयर सूचिकृत गर्ने अर्को कम्पनी प्रभु इन्स्योरेन्स लिमिटेड रहेकोछ । यसले ५ लाख ५९ हजार ४ सय २४ दशमलव ६१ कित्ता बोनस सेयर सूचिकृत गरेको छ । त्यस्तै, एनआइसी एशिया बैंकले पनि १ करोड २० लाख ८ हजार ८ सय १ दशमलव ५८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएकोछ । यसैगरी, युनिक फाइनान्स लिमिटेडले पनि ३ लाख ८१ हजार ७ सय ७६ कित्ता बोनस सेयर
नेप्सेमा सूचिकृत गराएकोछ ।

१४ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १४ बिहीवार ११:४७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...