back
NMB ad

माछापुच्छ्रे बैंकको अगुवाईमा ६ बैंकद्धारा ३३.४ मेगावाट क्षमताको बिद्युत् आयोजनामा लगानी

Kumari bank ad
काठमाडौ । ग्लोबल हाईड्रोपावर एसोसिएट प्रालिले हाल निर्माण गर्न लागेकोे ३३.४ मेगावाट क्षमताको लिखु–२ जलविद्युत आयोजनाको लागि ४ अर्व ५१ करोड रुपैयाँ कर्जा लगानी जुटेको छ । उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाहरुले सो मात्राको नगद लगानी गर्ने सम्बन्धि सम्झौता गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट अगुवाई गरेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र प्रवद्र्धक ग्लोबल हाईड्रोपावर एसोसिएटका तर्फबाट अध्यक्ष मोतीलाल दुगडबीच उक्त सम्झौता भएको हो ।

लगानी सम्झौता भएको २/३ महिनाभित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण प्रारम्भ गरी २०७७ श्रावण १ भित्रै विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । यसमा मेगा बैंक नेपाल, नेपाल एसबिआइ बैंक, नेपाल बङ्लादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेण्ट बैंक रहेका छन् । आयोजनाको लगानी संरचनाअनुसार कुल लागत ६ अर्व २ करोड रुपैयाँमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको र २५ प्रतिशत प्रवर्धकको लगानी रहने छ । बैंकहरुद्धारा कर्जा लगानी गर्ने निश्चित भएपछी आयोजनाको निर्माण कार्य दु्रत अगाडि बढ्ने भउको छ ।

लिखु–२ जलविद्युत आयोजना रामेछाप जिल्लाको गुम्देर गाविस र सोलुखुम्बु जिल्लाको भकञ्जे गाविसमा अवस्थित छ ।

प्रकाशित मितिः २०७३ पुस १५

वि.सं.२०७३ पुस १५ शुक्रवार १३:५२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...