back
NMB ad

विष्टले लसुनको पोटी खाएर विश्व रेकर्ड तोडेको दाबी !

Kumari bank ad

काठमाडौं । कैलाली स्थायी घर भएका भरत बिष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर विश्व रेकर्ड तोडेको दाबी गरेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यहाँ भन्दा पहिले अमेरीकन नागरिक फ्याट्रिक ल्याटिको नाममा रहेको आधारिक किर्तिमानी आफुले तोडेको दाबी गरेका हुन् ।
उनले पहिलो प्रयासमा एक मिनेटमा ३१ वटा खाएका थिए भने पछिल्लो प्रयासमा एक मिनेटको समयमा ४२ वटा पोटा खाएका हुन्। तथापि उनले एक मिनेटमा ४२ वटा लसुनका पोटी खाएपनि गिनिजबुकले आधिकारिक रुपमा उनले खाएको भिडियो हेरेर मात्र रेकर्डलाई मान्यता दिने जनाए।
बिष्टले हात र खुट्टाको जुनसुकै औंलाले कलम समातेर उत्तिकै छिटो लेख्न सक्ने बताउँदै खाना खाँदा लसुन खाईरहने भएको कारण आफुले यो रेकर्ड तोड्ने सक्ने विश्वासका साथ यो रेकर्डको लागि आफु तयार रहेको भन्दै यो जोखिम मोलेको बताए ।
उनले अघि थपे,‘मानिसले तीन केजिसम्म लसुन खान सक्छ, त्यसैले मलाई पनि केही हुँदैन, बानि नपरेकालाई एक दुईवटा पोटाले नै घुमाउँछ, मैले कैलाली रहँदा रेडियो र स्कुलमा क्रमश ४९ र ४२ पोटा खाएको थिए, मेरो सिर्जनाले यो देशलाई चिनाउन सहयोग गर्न सक्छ भने म किन तयार नहुने ? मैले अघिबाट र पछाडिबाट उहि समयको रफ्तारमा पढ्न पनि सक्छु ।’

१७ पुस

वि.सं.२०७३ पुस १७ आइतवार १७:५२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...