back
NMB ad

हेर्नुस्,बैंक चलाउने सेयरधनीहरु !

Kumari bank ad

काठमाडौ। नेपाल क्रेडिट एन्ड कमर्स बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच आज एकीकरण भएको छ ।

एकीकरणपछि नेपाल क्रेडिट एण्ड कमर्स बैंकका नामबाट आजदेखि कारोबार सुरु गरिएको छ । एकीकरणपछि सो बैंकको चुक्ता पूँजी चार अर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुभारम्भ गर्दै बैंकका कर्मचारी तथा व्यवस्थापनलाई वित्तीय अनुशासन कायम गर्न र जनताको निक्षेपलाई सुरक्षित तरिकाले लगानी गर्न निर्देशन दिए ।

एकिकृत कारोबारको शुभारम्भकाक्रममा उनले भने,‘बैंक सेयरधनीले चलाउने हो, बैंक राम्रो बनाउने पनि सेयरधनीले हो, विगार्ने पनि सेयरधनीले हो । तपाईहरुभन्दा वाहिरको मान्छे आएर बैंक विगार्न पनि सक्दैन, तपाईहरुको बैंक बाहिरको मान्छे आएर चलाउन पनि सक्दैन ।’

उनले देशका सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्था धेरै खुले पनि पुँजीको वृद्धि हुन नसकेको र सुपरीवेक्षण गर्न पनि कठिनाइ भएको बताए । गभर्नर नेपालले विभिन्न बैंक तथा वित्तीय क्षेत्रले धितोको अधिक मूल्याङ्कन गरी खराव कर्जा प्रवाह गरेका कारण विगतमा १६ वटा बैंक तथा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिएको जानकारी दिँदै अहिले राष्ट्र बैंकले सबै बैङ्क तथा वित्तीय संस्थाको शूक्ष्म निगरानी गरिरहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले अझै पनि ६० प्रतिशत जनसङ्ख्या वित्तीय सञ्जालमा जोडिन बाँकी रहेको बताएका छन् ।

प्रकाशित मितिः २०७३ पुस १७

वि.सं.२०७३ पुस १७ आइतवार १८:०७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...