back
NMB ad

अब सार्वजनिक यातायातमा तोडफोड गरे आजीवन कारावास

Kumari bank ad

काठमाण्डौं । मुलुकी ऐन प्रतिस्थापन विधेयकको फौजदारी संहिताले अब सात प्रकृतिका कसुरमा कसुरदारले जीवनभर कैद बस्नुपर्ने कानून प्रस्ताव गरेकोछ । सरकारले ६ वटा गम्भीर अपराधमा आजीवन कैद प्रस्ताव गरेकोमा विधायन समिति अन्तर्गतको फौजदारी संहिता उपसमितिले थप एक अपराधलाई पनि आजीवन कैदमा प्रस्ताव गरेको हो।

उपसमितिले सार्वजनिक सवारीमा विस्फोट गराई गरेको नरसंहारलाई पनि आजीवन कैद बस्नुपर्ने अपराधमा परिभाषित गरेको हो । त्यस्तै, ‍‌क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसुर गरेको, जबर्जस्ती करणी गरी ज्यान मारेको, सार्वजनिक सवारीमा विस्फोट गरी जनधनको क्षति गरेको पाइएमा आजीवन कारावासको सजाय हुने भएको हो ।

प्रचलित नेपाल कानुन अनुसार अहिले ज्यान लिनेजस्तो जघन्य अपराधमा बढीमा सर्वस्वसहित जन्मकैद हुन्छ । जन्मकैद सजाय तोकिएको व्यक्तिले बढीमा २० बर्ष सजाय भुक्तान गरे पुग्छ।

सांसद् कृष्णभक्त पोखरेल संयोजक रहेको उपसमितिले आजीवन कारावार, बलात्कारमा सजाय बढाएको छ । बाल बलात्कारमा अव २० बर्षसम्म कैद हुने व्यवस्था प्रस्तावित छ । बलात्कारमा न्युनतम ७ बर्ष कैद सजाय हुने प्रस्ताव उपसमितिको छ ।

उपसमितिको प्रस्ताव अनुसार जन्मैकदमा अब २५ बर्ष सजाय हुनेछ । अहिले २० बर्षसम्मको व्यवस्था छ । सरकारले सर्वस्व हरणको व्यवस्था हटाई जन्मकैदलाई ३० बर्ष बनाउन प्रस्ताव गरेपनि उपसमितिले २५ बर्ष बनाएको हो।

उपसमितिको प्रतिबेदन समितिमा पेश भएपछि पुनः छलफल हुनेछ । छलफलवाट पारित भएको प्रस्तावसहितको विधेयक संसद्मा पेश हुनेछ। संसद्ले विधेयक पारित गरेपछि २०७५ वैशाख १ गतेवाट मुलुकी ऐन प्रतिस्थापन भई संहिता कार्यान्वयनमा आउनेछ ।

देवानी संहितामा प्रस्तावित सम्पत्तिको इच्छापत्र सम्वन्धी व्यवस्था भने संहिता प्रमाणीकरण भएको १८ बर्षपछि मात्र कार्यान्वयनमा आउनेछ।

१८ पुस २०७३, १२।३०

वि.सं.२०७३ पुस १८ सोमवार १२:४३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...