back
NMB ad

अकोराबको नयाँ नेतृत्व चयन हुँदै

Kumari bank ad

काठमाडौ । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ नेपाल (अकोराब)को १२औं साधारण सभा तथा छठौं अधिवेसन शुक्रबार राजधानीमा हुँदैछ । सामाजिक रुपान्त्रणका लागि सामुदायिक रेडियो भन्ने नाराका साथ सुरु हुने लागेको १२औं साधारणा सभा तथा छठौं अधिवेसनले सामुदायिक रेडियोको नयाँ नेतृत्व चयन गर्नेछ । अबिधेशन काठमाण्डौको त्रिपुरेश्वर स्थित वल्ड ट्रेड सेन्टरमा हुनेछ । अधिवेसनमा भाग लिन देशभरीका झण्डै ३ सय रेडियोकर्मी राजधानी आइसकेका छन् । नयाँ नेतृत्व चयन सँगै देशभरीका सामुदायिक रेडियो सञ्चालन, तिनीहरुले उत्पादन गर्ने सामग्रीका विषयमा पनि समिक्षा हुनेछ ।

२०५९ साल साउन २८ गते सामुदायिक रेडियो प्रसारक संघ संस्था दर्ता ऐन २०३४ अन्तर्गत समाजसेवाकारी गैरसरकारी संस्थाका रूपमा दर्ता भएको थियो । १९ वटा सामुदायिक रेडियोबाट बनेको प्रशारक संघको सदस्य संख्या २ सय ८७ छ । देशभरीमा सामुदायिक रेडियोको संख्या भने ३ सय ३ पुगिसकेको छ । राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत मन्त्रीस्तरीय निर्णयबाट सामुदायिक रेडियो प्रसारक संघ पेशागतगत संगठनका रुपमा पनि दर्ता रहेको छ । सामुदायक रेडियो प्रसारक संघ (अकोराब) नेपालले सामुदायिक रेडियोको सामाजिक दायित्वलाई थप सशक्त बनाउँदै संस्थागत सुशासनका प्रवद्र्धनका लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।

लोकतन्त्र, कानुनको शासन र मानवअधिकारमा आधारित सुशासनको अवधारणालाई नेपाली सामुदायिक रेडियो अभियानले अगाडि बढाउँदै आएको कुरा विदितै छ । समाजमा रहेका सार्वजनिक हितको क्षेत्रमा काम गर्ने सामुदायिक, सामाजिक तथा सार्वजनिक संस्था वा निकायहरूको सामाजिक उत्तरदायित्वका बारेमा रेडियोले खेल्दै आएको भूमिकालाई रेडियो विकासको उपलब्धिको सूचकका रूपमा पनि लिने गरिएको छ ।

नेपालका करिब ९५% नागरिकको पहुँच पुगेका सामुदायिक रेडियोहरुले ७० भन्दा वढी भाषामा सूचना, सन्देश, जानकारी र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गरिहरेका छन् । सामुदायिक रेडियो प्रसारक संघले स्थानीय विषय वस्तुहरुलाई राष्ट्रिय स्तरमा र राष्ट्रिय स्तरका विषयवस्तुहरुलाई स्थानीय समुदायसँग पु¥याउन स्याटलाइट प्रविधि मार्फत सामुदायिक सूचना नेटवर्क सञ्चालन गरिरहेको छ । जुन नेपालको मात्रै होईन दक्षिण एसियाकै सबै भन्दा ठुलो र प्रभावकारी रेडियो नेटवर्क हो ।

प्रकाशित मितिः २०७३ पुस २१

वि.सं.२०७३ पुस २१ बिहीवार १८:५४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...