back
NMB ad

अकोराबको अध्यक्षमा सुवास खतिवडा विजयी !

Kumari bank ad

काठमाडौ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)को अध्यक्षमा सुवास खतिवडा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी किशोरसिंह थापालाई १० मतले पछि पार्दै खतिवडा विजयी भएका हुन् । खतिवडाले १ सय ४२ तथा थापाले १ सय ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

खतिवडा एमाले सहितका दलका तर्फबाट उम्मेद्वार बनेका थिए भने काँग्रेस र माओवादी केन्द्रबाट थापाको प्यानललाई समर्थन थियो । वरिष्ठ उपाध्यक्षमा थापा प्यानलका अर्जुन गिरी पनि १० मतले नै विजयी भएका छन् । उनले १४० मत पाए भने उनका प्रत्यासी होम पाठकले १ सय ३० मत पाए ।

यसैगरी महिला उपाध्यक्षमा एकसय ३९ मत सहित शशिकला दाहाल विजयी भईन् । प्रतिद्वन्दि सविता अर्यालले एकसय २५ मत पाईन । एकसय ३२ मत ल्याएर निमेश कर्ण मधेसी तर्फबाट उपाध्यक्षमा चयन भएका छन् । अर्का प्रत्यासी विनेश्वर गुप्ताले एकसय २७ मत पाए । यस्तै जनजाती उपाध्यक्षमा एकसय ३७ मतसहित अर्जुनकुमार राई विजयी भएका छन् । जनजाती उपाध्यक्षका अर्का उमेद्वार दिपक श्रेष्ठले एकसय २१ मत पाएका थिए । दलिततर्फको उपाध्यक्षमा भने भूवन सिंह निविरोध चयन भएका हुन् ।

महासचिवमा विजयी थापा प्यानलका गोविन्द देवकोटाले एकसय ३६ मत पाए । उनका प्रतिद्धन्दी पिताम्बर सिग्देलले एक सय २८ मत पाएको निर्वाचन समितिले जनाएको छ । यसैगरी कोषाध्यक्षमा एकसय ३५ मत सहित लक्ष्मण खड्का विजयी भएका छन् । कोषाध्यक्षका प्रत्यासी सुदर्शन खतिवडाले एकसय २९ मत पाए ।

सचिवमा एकसय ४२ मतसहित खतिवडा प्यानलका बन्दना दनुवार विजयी भईन् । सचिवका प्रत्यासी तुला अधिकारीले एकसय १९ मत पाए । अधिवेशनले २९ सदस्यीय केन्द्रीय कार्य समिति र ११ सदस्यीय प्रदेशस्तरीय समिति पनि चयन गरेको छ ।

प्रकाशित मितिः २०७३ पुस २३

वि.सं.२०७३ पुस २३ शनिवार ०८:३८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...