back
NMB ad

नेपालमै आज काग तिहार मनाइँदै, पत्याउनुहुन्छ ?

Kumari bank ad

बैतडी । सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाइन्छ ।

स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाडलाई माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ । ‘नर’ भनेको मानिस र ‘हरि’ भनेको भगवानमा लीन हुनु अथवा उपासना गर्नु हो । महिनाको सुरुआत भएकाले माघे सङ्क्रान्तिलाई नरहरि भनिएको बताइएको छ ।

सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघे सङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्छन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पं जयानन्द भट्टले बताए । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास अहिले पनि छ । उनले भने,“काग तिहारमा भने यी सबै नकारात्मक मान्यतालाई बिर्सिएर कागको पूजा गरिन्छ ।”

कागलाई यमराजको सन्देशवाहकका रुपमा पनि पूजा गरिन्छ । त्यही भएर चर्को आवाज निकालेर कराउने यस चरालाई काग तिहारबाहेक अरु बेला भने अशुभ र अशुद्ध पक्षीका रुपमा लिइन्छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ । कागले पुस १५ गते तीर्थमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ ।

काग अत्यन्तै चलाख सर्वभक्षी प्राणी हो । काग तिहारमा कागलाई पुज्नुका विभिन्न महत्व र कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता । अर्कातर्फ यसले अन्नबालीमा लाग्ने किरा–फट्याङ्ग्रा र सबै प्रकारका मांसजन्य फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा मानिन्छ ।

त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागले लगेर लुकाएको रोटीलाई मानिसले ब्याउने गाईलाई खुवाए बाच्छी सप्रिने समेत विश्वास गरिएको छ ।

माघे सङ्क्रान्तिमा कागलाई मीठा खानेकुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता छ । पार्वतीले शिवलाई पति पाऊँ भनेर माघ महिनामा व्रत बसेकी हुनाले पनि यस महिनालाई धार्मिक महिना मान्ने प्रचलन रहेको पं भट्टले बताए ।

माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौँदेखिको प्रचलन छ । पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन भएकाले यस पर्वलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ ।

सुदूरपश्चिमेलीले मनाउँदै आएका मौलिक चाड पर्वमध्येको एक चाड माघे सङ्क्रान्तिअर्थात् पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिस घर फर्किने गर्छन् भने विवाहित महिला माइत जाने गर्छन् ।

पुसे तिहारअर्थात् माघे सङ्क्रान्तिलाई आफन्त एवम् इष्टमित्रसँग भेटघाट गर्ने पर्वका रुपमा लिइने गरिएको श्रीकोटका बासिन्दा हेमराज गिरीले बताए । पुस्तौँदेखि मनाइँदै आएको पुसे तिहारकोे महत्व सुदूरपश्चिममा अझै उत्तिकै रहेको पाइन्छ । रासस

प्रकाशित मितिः २०७३ माघ १

वि.सं.२०७३ माघ १ शनिवार १४:०४ मा प्रकाशित

You can share this post!

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...