back
NMB ad

चलचित्र लप्पन छप्पनको ट्रेलर सार्वजनिक (भिडियोसहित)

Kumari bank ad

काठमाडौ । नेपाली चलचित्र लप्पन छप्पनको ट्रेलर सार्वजनिक भएको छ । कलाकार दयाहांग राई, सौगात मल्ल र अर्पण थापाद्वारा अभिनित चलचित्र लप्प्न छप्पनको शुक्रबार ट्रेलर सार्वजनिक भएको हो ।

लप्पन छप्पनबाट चलचित्रमा दुई जना नयाँ अनुहारको पनि प्रवेश भएको छ । नवनायक प्रकाश जंग शाह र सिड खरेल नयाँ अनुहार हुन् । दुबै जनाले ओस्कार कलेज अफ फिल्म स्टडिजबाट अभिनयमा स्नातक गरिसकेका छन् ।

लप्पन छप्पनमा नायिकाको भूमिका वर्षा सिवाकोटीले निभाएकी छिन् । चलचित्रको धेरैजसो भाग युरोपीयन देश बेल्जियम, स्विट्जरल्याण, नेदरल्याण्, फ्रान्स, लग्जम्बर्गमा छायांकन भएका कारण पनि लप्पन छप्पनले दर्शकको मन जित्ने निर्माता डम्बर चन्दको आशा छ । लप्पन छप्पनबाट चलचित्र पहिलो पटक निर्माताको रुपमा आएका डम्बर चन्दले ओस्कार कलेज अफ फिल्म स्टडिजबाटै स्क्रिप्ट लेखन तथा निर्देशनमा स्नातक गरेका छन् ।

प्रवेश पौडेल र ओस्कारकै प्रकाश जंग शाहद्वारा तयार पारिएको चलचित्रको कथाबस्तु तथा नयाँ चलचित्रकर्मीको बाहुल्यता भएका कारण लगानी पनि धेरै गरेको निर्माताको भनाई छ । चलचित्रको निर्देशन मुकुन्द भट्टले गरेका छन् । चलचित्र आगामी चैत ११ गते रिलिज हुने तयारीमा छ ।

यो लिंक खोलेर हेर्नुस् भिडियो लप्पन छप्पन अफिसियल ट्रेलर

प्रकाशित मितिः २०७३ माघ २

वि.सं.२०७३ माघ २ आइतवार १४:३६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...