back
NMB ad

एनआरएनएलाई नेपालमा लगानी भित्र्याउन आग्रह

Kumari bank ad

काठमाडौ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रुपमा सोच्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाको पाँचौँ साधारणसभालाई अमेरिकाको टेक्सास, डालासमा सम्बोधन गर्दै मन्त्री डा महतले नेपाल नयाँ संविधानको कार्यान्वयनमार्फत अब आर्थिक विकासको एजेन्डामा अघि बढ्न लागेकाले यो अभियानलाई सघाई समृद्ध नेपाल निर्माण गर्न विश्वका कुना काप्चामा रहेका नेपालीको भूमिका अहम् हुने धारणा राखेको मन्त्री महतका प्रेस संयोजक एकराज पाठकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विगतमा द्वन्द्वलगायतका विभिन्न कारणले आर्थिक विकासका क्षेत्रमा पछि परेको नेपाललाई अब आर्थिक रुपमा अघि बढाउन सबै नेपाली एकसाथ र एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री डा महतले यो अभियानमा गैरआवासीय नेपालीको साथ र सहयोग महत्वपूर्ण रहेको बताए ।

नेपालमा विगतमा जस्तै लगानीको वातावरण छैन भन्ने गरिएको तर त्यसमा सत्यता नरहेको बताउँदै मन्त्री डा महतले नेपालमा अब विदेशीहरु पनि लगानीका लागि आइरहेको र गैरआवासीय नेपाली पनि विकास अभियानमा आउनुपर्ने बताए ।

उक्त अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले उक्त सङ्घका क्रियाकलापबारे चर्चा गरेका थिए । साधारणसभामा अमेरिकाका विभिन्न १७ वटा च्याप्टर तथा उत्तर अमेरिका, क्यानाडालगायतबाट करिब ५०० जना एनआरएनएका सदस्यको सहभागिता रहेको छ ।

संयुक्त राज्य अमेरिका एनआरएनएको सबैभन्दा बढी सदस्य रहेको देश हो । यहाँ १० हजारभन्दा बढी सदस्य रहेका छन् । हाल अमेरिकामा कम्तीमा पनि तीन लाख नेपाली रहेका छन् ।

एक अनौपचारिक तथ्याङ्कअनुसार हाल अमेरिकामा नेपाली समुदायले मात्र कम्तीमा एक खर्ब आर्थिक लगानी गरेका छन् । टेक्सास राज्यमा मात्र एक हजारभन्दा बढी नेपालीको व्यवसाय रहेको छ । अमेरिकामा रहेका नेपालीले यहाँ ग्यास स्टेसन, सूचना प्रविधि, स्टोर, ब्युटिपार्लरलगायतका क्षेत्रमा लगानी गरेका छन् ।

प्रकाशित मितिः २०७३ माघ २

वि.सं.२०७३ माघ २ आइतवार १३:५७ मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...