back
NMB ad

अब भक्तपुरको जगातीबाट पनि लाईसेन्स !

Kumari bank ad

भक्तपुर । अब भक्तपुरको जगातीबाट पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ । सरकारको निर्णयाअनुसार भक्तपुरको जगातीमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याइएको हो ।

भक्तपुरमा उक्त कार्यालय सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकाको मध्य पूर्वका जिल्लाहरुका सर्वसाधारणलाई लाइसेन्स लिन अब राजधानी धाउनु नपर्ने भएको छ । सर्वसाधारणले उक्त कार्यालयबाट लाइसेन्स नवीकरण र विदेशमा लिएको लाइसेन्सको नेपालीकरणसमेत गर्न सक्नेछन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आइतबार एक कार्यक्रमबीच उक्त कार्यालयको उद्घाटन गरेका छन् ।

मन्त्री लेखकले भक्तपुर जगातीमा पनि नयाँ कार्यालय सञ्चालनमा आएपछि लाइसेन्स फारम भर्ने तथा लिने कार्य थप सजिलो र चाँडो हुने विश्वास व्यक्त गरे । उनले काठमाडौंको चाबहिलमा पनि एकसाताभित्र नयाँ कार्यालयमा सञ्चालनमा आउने जानकारी दिए ।

ललितपुरको एकान्तकुनाबाट मात्रै लाइसेन्स दिने व्यवस्था हुँदा सर्वसाधारणले धेरै नै सास्ती झेल्दै आएका थिए । लाइसेन्सको फारम बुझाउनसमेत २४ घन्टाभन्दा बढी लाइन बस्नुपर्ने बाध्यता भएपछि सरकारले गत असोज ६ गते काठमाडौं उपत्यकामा थप तीनवटा ठाउँबाट लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयानुसार पुस १७ गतेबाट स्वयम्भूस्थित सानो भ¥याङमा नयाँ कार्यालय सञ्चालनमा आइसकेको छ । त्यस्तै आइतबारबाट भक्तपुरको जगातीमा नयाँ कार्यालय सञ्चालनमा आएको हो ।

मन्त्री लेखकले कार्यालय थप भएपछि ट्रायल सेन्टरमा चाप बढ्ने भएकाले सबै कार्यालयलाई आआफ्नो छुट्टै ट्रायल सेन्टर व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

‘यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले काठमाडौं उपत्यकासँगै तत्काललाई पोखरा र इटहरीमा अनलाइनबाट लाइसेन्सको फारम भर्ने र स्मार्ट कार्ड वितरण गरिने जानकारी दिए ।

त्यसलगत्तै अञ्चलस्तरमा अनलाइनबाट लाइसेन्सको फारम भर्ने र स्मार्ट कार्ड वितरण हुने उनको भनाइ थियो । उनका अनुसार सरकारी प्रक्रियाअनुसार कम्तीमा २० दिनपछि जगातीबाट पनि लाइसेन्स वितरण कार्य हुनेछ ।

प्रकाशित मितिः २०७३ माघ २

वि.सं.२०७३ माघ २ आइतवार १६:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...