back
NMB ad

अर्थमन्त्री ज्यु, तपाईंको ‘भुरा माछावाला’ अभिव्यक्तिले संसारभर नेपालीको शिर झुकायो !

Kumari bank ad

अर्थमन्त्री ज्यु
नमस्कार ।
हिजोआज सामाजिक संजाल पत्रपत्रिका जतासुकै ३३ किलो सुन प्रकरणमा तपाईंको नाम जोडिएको समाचारहरु आउँदा दुःख लाग्यो । यो त असम्भव कुरा, देशको अर्थमन्त्री जस्तो गरिमायुक्त पद धारण गरेका ब्यक्तिले यस्तो लाजमर्दो काम कसरी गर्यो होला जस्तो लाग्यो ! फेरि केही समय पछि तपाईकै स्पष्टिकरण सहित धेरै कुराहरु बाहिर छ्ताछुल्ल भएको छ । हुनत कत्तिको विश्वसनीय छ, त्यो म भन्दा तपाई नै जानकार हुनुहुन्छ । मिडिया र सामाजिक सञ्जाललाई पुष्टि गर्दै तपाईले नै दिनुभएको अभिव्यक्तिले त्यही भन्छ । यदी तपाईकै अभिव्यक्ति सहि मान्ने हो भने अव तपाई कसरी मुलुकको अर्थमन्त्री ?

अर्थमन्त्री ज्यु, तपाईको भिडियो अभिव्यक्ति धेरै पटक प्ले गरेर सुनें । सुन तस्करीमा अरु ठुला माछा र आफु चाहीँ भुरा माछा मात्र हुँ भनेर प्रष्ट रुपमा भन्नु भएको छ । तपाईकै अभिव्यक्ति विभिन्न संचारमाध्यम र सामाजिक संजालमा भाइरल भएको छ । यस्तो कुराले सारा नेपाली लाजले शिर निहुराउन विवश छन्, जो कोहिलार्इ पनि खुशि त बनाएन नै ! सार्वभौम मुलुकको अर्थमन्त्रीको यस्तो अभिव्यक्ति आउला भन्ने कल्पनासम्म पनि गर्न नसकिने कुरो आज तपाईंकै मुखारबिन्दबाट त्यो पनि सार्वजनिक कार्यक्रममा भिडियो खिचाई खिचाई ! धिक्कार छ !

https://www.youtube.com/watch?v=bHJAtGbgkz0

हिजो हामीले तपाई र तपाईको आन्दोलनलाई चन्दा दियौँ, श्रम दियौँ, खाना दियौँ, राज्यका प्रहरी र सेनालार्इ लुकाएर आश्रय दियौ । सम्पती गुमायौँ, आफन्त गुमायौँ, यस्को बदला हामी नेपाली जनताले के पायौं ? दर्द, पीडा अनि दुखार्इ, आज हामीले तपाईँलाई सत्ता, मान सम्मान मात्रै नभएर राष्ट्रको ढुकुटी नै सुम्पिएका छौँ । तर, तपाईहरु जनताको यो त्याग र बलिदानलाई मजाक गरिरहनु भएको छ ! पटक पटक बिश्वास घात गरिरहनुहुन्छ ! यस्तो घटनाले आम जनमानसमा कस्तो सन्देश गएको होला, कहिलेकाँहि सोच्नु भएको छ अर्थमन्त्री ज्यु ?

अर्थमन्त्री ज्यु, जो कोहि मानव भएर यस धर्तिमा हिँड्छ भने उसंग नैतिकता, बिबेक र ईमान हुनुपर्छ । यस्तो कुरा हिजोका अनपढ बुढा पाकाले आफु भन्दा सानालाई प्रशस्त सुनाउँथे । सायद यो कुरा तपाईले पनि विभिन्न भाषण, शिक्षण तथा प्रशिक्षणमा भन्नु गर्नु भएको होला ! अझ देश चलाउने, जनातको सेवा गर्ने मानिससंग अरु भन्दा धेरै गुणा नैतिकताले बाँधिनु पर्छ । तर तपाईले दिएको अभिव्यक्ति सहि हो भने, तपाई अव कति इमान्दार ? आफै मुल्यांकन गर्नुस ।

ख्याल ठट्टा गर्नु भएको हैन भने, साँच्चिकै अभिव्यक्ति दिनु भएको हो भने देशको अर्थमन्त्रीले तस्करीमा हामी भुरा माछा भन्न सुहाउँदो छ ? यदी ३३ किलो सुन प्रकरणमा तपाईले दिनु भएको अभिव्यक्ति सत्य हो भने मैले यस्लाई कुन चाहीँ राष्ट्रवाद मानौं ? यो त सरासर राष्ट्रघात भएन र ? अनि संसारभर तपाईँका त के कुरा नेपाल र नेपाली जनाताकै इज्जत नै कहाँ रह्यो र !

अर्थमन्त्री ज्यु, मेरो सबालमा भन्नुहुन्छ भने म बिगत ५ बर्षदेखि युरोपमा छु । मेरा आफन्त र साथीहरू कोहि पत्रकार कोहि लेखापाल कोहि शिक्षक कोहि कर्मचारी कोहि बैँकर छ्न । कुराकानीको क्रममा अब म नेपाल आउँछु र नेपालमा केही गर्नु पर्यो भन्दा उहाँहरुले कहिल्यै अनुमती दिनुहुन्न । यहाँ नेताहरूले गरेर खान दिन्न भन्नुहुन्छ । बरु हामीलाई पनि युरोप आउने बाताबरण बनाउ भन्नुहुन्छ !

अर्थमन्त्री ज्यु, भाषण दिँदा त युवाहरू फर्कनु पर्छ भन्नुहुन्छ अनि ब्यवहारमा यस्तो देखाउनु हुन्छ । अनि तपाईँहरु जस्ता नेतासंग देशमा शान्ति छाउँछ, रोजगारीको ढोकाहरु प्रशस्त खोलिन्छ्न, महँगी नियन्त्रण हुन्छ, अनि युवाहरू रुँदै बिदेश भासिनु पर्दैन भनेर कसरी भरोसा गर्ने ? अहिले कुनै रहर र चाहना नभै परिवार र पेट पाल्न युबाहरु बिदेशिएको देख्दा कतै नेपाल पनि इथोपिया हुनेत होइन भन्ने चिन्ता लाग्छ । बिद्यार्थी, शिक्षक, पत्रकार, अनि प्रशाशक नै राजनिती र तिनका क्रियाकलाप बाट वाक्क दिक्क भइराखेको बेला अज घाउमा अमिलो छर्के जस्तो दर्द भएको छ यो ३३ किलो सुन प्रकरण अनि तपाईंका भुरा माछावाला अभिव्यक्तिले । संसारर नराम्रो सन्देश लिएर हल्लिएको छ ।

युरोपमा संसार भरिका मानिसहरु बसोबास गर्छ्न । हिजो काम गर्ने ठाउँमा श्रीलंकाली साथिले तिम्रो देशको अर्थमन्त्री पनि सुन तस्कर गर्दो रहेछ है भनेर प्रश्न सोधेको थियो ! अरु नजिकका साथिहरु गलल हाँसे । (अरुलाई पनि यस्तै परेको हुँदो हो ।) मेरो मन अमिलो भयो मैले कुनै उत्तर दिन सकिन, अनुहार निन्याउरो पारेर सुनें मात्र । किनकी तपाई मेरो सार्वभौम मुलुमकको अर्थमन्त्री हो । तपाईसंगै मेरो देशको प्रतिष्ठा गाँसिएको छ, मेरो देशसंगै मेरो स्वाभिमान पनि । तर आज म खोज्दै छु तपाईको अभिव्यक्तिमा म र मेरो देशको स्वाभिमान !

४ माघ २०७३

वि.सं.२०७३ माघ ४ मंगलवार १०:१५ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...