back
NMB ad

प्रधानमन्त्री प्रचण्ड आफैं झाडू बोकेर सडकमा निस्कने !

Kumari bank ad

काठमाडौ। राजधानीका सडकमा धुलो अत्यधिक बढेको र नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेकोे जनगुनासो बढ्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं कुचो लिएर सडक बढार्न निस्कने तयारीमा जुटेका छन् ।

राजधानीमा धुलो र धुँवाका कारण प्रदुषण उच्च स्तरमा पुगेको भन्दै यो तयारीमा प्रचण्ड पुगेको बताईएको छ । सरकारले यस अभियानमा जनतालाई पनि झाडु बोकेर सडकमा आउन अपिल गर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार अबको केही दिनमा नै ‘१५ मिनेट घर बाहिर निस्क्यौं’ अभियान थालिंदैछ । नागरिकले माक्स लगाएर कुचो बोकेर धुलो सफा गर्नुपर्नेछ । त्यसरी जम्मा भएको धुलो तोकिएको ठाउँमा राख्नु पर्नेछ र नगरपालिकाले व्यवस्थापन गर्नेछ

रेग्मीका अनुसार धुँवाधुलोका कारण श्वास प्रश्वासमा समस्या बढेको भन्दै प्रधानमन्त्री कार्यालयमा दिनहुँ गुनासो बढिरहेको छ । हेलो सरकारमार्फत राजधानीको धुलो नियन्त्रण नगर्दा श्वास प्रश्वासमा गम्भीर समस्या देखिएको भन्दै उजुुरी आएको छ ।

हेलो सरकारले फेसबुक र ट्वीटरबाट नागरिकसँग धुलो नियन्त्रणका लागि सुझाव पनि मागेको थियो । कार्यालयका अनुसार प्रधानमन्त्रीले झाडु लिएर धुलो बढार्नेछन् । र यो अभियानको सुरुवात गर्नेछन् । आम नागरिकलाई पनि हरेक दिन १५ मिनेट आफ्नो वरपरको धुलो सफा गर्न अपिल गरिनेछ ।

धुलो बढार्ने यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, निजामती कर्मचारीलाई अनिवार्य संलग्न गराइने बताईएको छ ।

फाईल फोटो

प्रकाशित मितिः २०७३ माघ ५

वि.सं.२०७३ माघ ५ बुधवार १४:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...