back
NMB ad

पर्यटकीय स्थलमा रहेको लुक्ला विमानस्थलमा यात्रु संधै अन्योलमा

Kumari bank ad

सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रुहरु संधै अन्योलमा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८०÷९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन÷चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका हुन् ।

एकजना पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पा भन्छन्, “दुई चारवटा जहाज बसेका हुन्छन्, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, चर्पी जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।”

बिहानको समयमात्र उडानका लागि उपयुक्त रहेको सो विमानस्थलमा सबैजसो उडान कम्पनीले एकै समयमा उडान भर्छन्, यस्तो अवस्थामा विमानस्थलको टर्मिनलमा सयौँको भीड हुन्छ तर आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउण्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको अर्का पर्यटन गाइड एकवीर कुलुङले बताए । उनका अनुसार पर्खेर बस्नुपर्दा विदेशी पर्यटकले दिक्क मान्नुपरेको र कतिपय अवस्थामा सामान छुट्नेसमेत समस्या रहेको छ ।

माइकिङ सुविधा नहुँदा उडान भर्ने विमान कम्पनीलाई पनि उस्तै समस्या पर्ने गरेको छ । तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्छन्, “यसले हामीलाई पनि समस्या पर्ने गरेको छ, कुनैबेला विमान उड्ने बेलामा पनि हराएको यात्रु खोज्दा हैरान हुन्छ, विमान स्टार्ट भइसकेपछि यात्रु खोजेर ल्याउनुपरेको थुप्रै घटना भएका छन्”, केही वर्षअघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएकोे भन्दै नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले यो सेवा रोकेको हो ।

प्राधिकरणले समस्या समाधानको पहल भइरहेको बताए पनि वर्षौंदेखि सो विमानस्थलमा यात्रुले समस्या भने जस्ताको तस्तै छ ।

प्रकाशित मितिः २०७३ माघ ९

वि.सं.२०७३ माघ ९ आइतवार १६:०३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...