दोस्रो त्रैमासिकको अन्त्यसँगै कम्पनीका वित्तीय विवरणले राष्ट्रिय दैनिक पत्रिकाका पाना भरिन थालिसकेका छन्। धेरैलाई लाग्न सक्छ यी विवरण कम्पनीका विज्ञापन हुन्।
तर प्रकाशित यी विवरण विज्ञापन नभई, बुझ्न सके पैसाका बोट हुन्। सम्पत्ति निर्माणका दरिला आधार पनि हुन्। जसलाई चिन्न सक्नु लगानीकर्ताको अनिवार्यता हुन्छ भने चिनाउनु नियामकको केही दायित्व हुन्छ। तर नियामक विशेषगरी धितोपत्र बोर्ड त्यो दायित्वबाट भागी रहेको छ र नीति निर्माणमा लगानीकर्ताको भलाई र हितका लागि केही शब्द खर्च गर्न पनि कन्जुस्याई गरिरहेको छ।
कानुनमा लेखिएका केही शव्द जोखिमपूर्ण बजारमा लगानीकर्ताको सम्पत्तिको सुरक्षा गर्ने दरिला आधार बन्न सक्छन्।धितोपत्र दर्ता तथा निश्कासन नियमावली अनुसार कम्पनीले त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्डले तोके बमोजिमको ढााचामा वित्तीय विवरण कुनै राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने छ।
बोर्डले केही समय अघिमात्र धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०६५ लाई प्रतिस्थापन गर्दै धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०७३ ल्याएको छ। यो आठ बर्षको अवधिमा नियमावली सोचेजति सुदृढ हुन सकेन। नियमावलीमा लगानीकर्ताको हितका बारेमा बोर्डले धेरै ठूला कमजोरी गरेको छ।
तिमध्ये कम्पनीले प्रकाशन गर्ने वित्तीय विवरण एउटा हो। लागानीकर्ताको आवश्यकता र सूचनाको पारदर्शिताका हिसावले नयाँ नियमावलीमा बोर्डले कम्पनीको वित्तीय विवरण प्रकाशनमा अपेक्षित सुधार गर्न सकेको छैन।
जसले कम्पनीलाई छाडा छोडिदिएको छ। वित्तीय विवरणमा उल्लेख गरिएका अंकलेमात्र लगानीकर्तालाई खासै महत्व राख्दैन। जस्तो कुनै कम्पनीले छ महिनामा एक अर्ब नाफा कमायो भने एक अर्बले मात्र कम्पनीको वास्तविक अवस्थालाई जनाउँदैन।
जबसम्म ती अंकलाई हामी अघिल्लो अवधि या अन्य त्यस्तै कुनै अंकसँग तुलनात्मक रुपले हेर्दैनौँ। अंकको वास्तविकता थाहा पाउन अंकबीचको सम्बन्ध आवश्यक छ। जसलाई अनुपात भनिन्छ।
यी अनुपात लगानीकर्ताका लागि कम्पनी छनौटका न्यूनतम आधार हुन्। कम्पनीको मूल्यलाई असर पार्ने प्रमुख तत्व हुन। तर यी अनुपात वा विवरणलाई तुलनात्मक रुपले प्रकाशन गर्ने बाध्यात्मक व्यवस्था बोर्डले नियमावलीमा गर्न सकेको छैन।
सेयरका दुई महत्वपूर्ण बिश्लेषणमध्ये आधारभूत बिश्लेषणको आधारकारुपमा यी विवरणलाई लिइन्छ। तर विवरण प्रकाशन गरेर कानूनी औपचारिकता पुरा गर्ने कतिपय कम्पनीको प्रवृत्ती र विवरणमा दिइएका सूचकांकमा भएका कमजोरीले सर्वसाधारणमा अन्योल सिर्जना गरेको देखिन्छ। जसलाई बोर्डले नियन्त्रण गर्न सकेको छैन। एकरुपता ल्याउन सकेको छैन।
कम्पनीले प्रकाशन गर्ने विवरणमा थुप्रै कमजोरिहरु पाइन्छन् जस्तो १० प्रायः कम्पनीले त्रैमासिक वित्तीय विवरण ९नाफा नोक्सान विवरण, वासलात० र वोर्डले तोकेको थप विवरण फरक फरक पत्रिकामा फरक फरक भाषा जस्तो आधा नेपालीमा र आधा अंग्रेजीमा प्रकाशन गरेको पाइन्छ। फरक भाषाको प्रयोगले कहिलेकाही विवरण प्रकाशनको तरिका गाइजात्राझै लाग्छ। जसले सरोकारवालामा शव्दहरुका कारण अन्योल बढ्ने तथा वित्तीय विवरण प्रकाशनको स्तरीयता नहुने देखिन्छ
२० वित्तीय विवरण तुलनात्मक भए पनि वित्तीय अनुपात जस्तो प्रतिसेयर आम्दानी, मुल्य आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थ जस्ता महत्वपूर्ण अनुपात तुलनात्मक राखिँदैन। विवरण प्रकाशन गर्दा तुलनात्मक हुनुपर्छ। अनि मात्र कम्पनीको पहिले र अहिलेको कार्य सम्पादन बीचको तुलनाबाट परिवर्तनको मुल्यांकन गर्न सकिन्छ।
३० यसैगरी वित्तीय अनुपात जस्तो प्रतिसेयर आम्दानी, मुल्य आम्दानी अनुपातको मापन एकाइमा कम्पनीहरुमा अन्योल रहेको प्रकाशित विवरणबाट प्रष्ट हुन्छ। उदाहरणका लागि मूल्य आम्दानी ९पिई० अनुपातको इकाई गुणामा हुन्छ। तर कतिपय कम्पनीले प्रकाशन गरेका प्रतिवेदनमा यो अनुपात रुपैयाँ, प्रतिशतजस्ता इकाइमा उल्लेख गरिएको हुन्छ। यस्ता इकाइ अन्ताराष्ट्रिय मापदण्ड अनुसार हुन जरुरी छ।
४० यसैगरी हकप्रद, बोनस, थप सेयर निस्कासन, मर्जका कारण कम्पनीको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, लाभांश तथा इक्विटीमा प्रतिफलमा ठूलो असर पर्न जान्छ तर यीनको प्रभावका वारेमा विवरणमा कतै पनि उल्लेख गरिएको हुँदैन।
अहिले धेरै कम्पनीले बोनस सेयर वितरण गरेका छन्, हकप्रद सेयर जारी गरेका छन्। यस्तै धेरै बैंक तथा वित्तीय संस्था मर्ज पनि भइरहेका छन्। यी हरेक कार्यपछि कम्पनीको प्रतिसेयर आम्दानी, नेटवर्थ, मूल्य अम्दानी अनुपात, लाभांश जस्ता अनुपात प्राय घट्न जान्छन्। जसको नकारात्मक असर सेयर मूल्यमा पर्न जान्छ।
अहिले बजार घट्नुको प्रमुख कारण यही नै हो। तर कम्पनीले विवरण प्रकाशन गर्दा यी कार्य अघि र पछिको प्रति शेयर आम्दानी, नेटवर्थ लगायतका अनुपात प्रकाशन गर्दैनन्। जसले सबै अंक यथार्थ भन्दा बढी देखिन गई लगानीकर्तामा भ्रम पर्न जान्छ। हकप्रद जारी रहेको कम्पनीले वित्तीय विवरण प्रकाशन गर्दा उक्त हकप्रद पछिको अनुपात पनि विवरणमा राख्नुपर्छ र यो कानुनी रुपमा वाध्यात्मक बनाइनु पर्छ।
तर धितोपत्र बोर्डले भर्खरै ल्याएको नियमावलीले यसलाई व्यवस्थित र वाध्यात्मक बनाउन सकेन। केही शव्द खर्च गर्न कन्ज्युस्याइ गरिदियो। कामचलाउ बनाइ दियो। यसलाई वाध्यात्मक नबनाउँदा कम्पनीले लगानीकर्तामा भ्रम छर्न यसको व्यापक दुरुपयोग गर्छन् र गरिरहेका छन्।
उदाहरणका लागि सिटिजन्स बैंकले गत बर्षको नाफाबाट लाभांश घोषणा गर्दा हकप्रद सेयरलाई बेवास्ता गरिदियो। जसका कारण लगानीकर्ताले बढी लाभांश पाउने आशमा बढी मूल्यमा सेयर किने तर यथार्थमा ५० प्रतिशत हकप्रद सेयरको समायोजन गर्दा कम लाभांश पाउने अवस्था हुन्थ्यो। र पछि त्यहि नै भयो।
हकप्रद सेयर समायोजन गर्दा कम्पनीले पहिला दिने भनेको भन्दा लगानीकर्ताले कम प्रतिशत लाभांश पाए। जसले यथार्थ नबुझेका लगानीकर्ता ठगिन पुगे। यस्तै अन्य धेरै कम्पनीले यसै गरे। यदी विवरणमा बोनस, हकप्रद सेयर तथा मर्ज पछिको अनुपात दिने हो भने लगानीकर्ताले त्यसको मूल्यांकन गर्छन्।
– रबिन्द्र भट्टराई, सेयर बजार विश्लेषक, ११ माघ २०७३, ११।००
वि.सं.२०७३ माघ ११ मंगलवार ११:४१ मा प्रकाशित