back
NMB ad

सेयरमा थपिँदो उत्साह, जलविद्युतमा दुई अर्ब ५७ करोडभन्दा बढीको प्रतिबद्धता

Kumari bank ad

काठमाण्डौं ।  उर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमामा दुई अर्ब ५७ करोड, ११ हजार चार सय ४३ रुपैयाँ लगानीको प्रतिवद्धता व्यक्त भएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले फेसबुकमार्फत् यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार, दुई अर्ब ४८ करोड तीन लाख ३६ हजार रुपैयाँ व्यक्तितर्फबाट लगानीको प्रतिवद्धता व्यक्त भएको छ । त्यस्तै आठ करोड ९६ लाख ७५ हजार एक रुपैयाँ संस्थागत तर्फबाट प्रतिवद्धता व्यक्त भएको उर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नागरिकलाई जलविद्युतमा लगानी गर्न गरेको आग्रहपछि अहिले दिनहूँ करोडौं रुपैयाँ बराबरको प्रतिवद्धता व्यक्त हुन थालेको छ । जलविद्युतमा लगानी गर्न चाहने नेपालीहरुले अनलाइनमार्फत प्रतिवद्धता फारम भर्ने व्यवस्था मिलाइएको छ ।

जलविद्युतमा सजिलै लगानी गर्न पाइने भएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले उत्साहपूर्वक लगानीको प्रतिवद्धता व्यक्त गरिरहेका छन् । लगानीको प्रतिवद्धता भइसकेपछि अभियानबाट प्राप्त रकम राष्ट्रिय गौरवको जलविद्युत आयोजनामा लगानी गर्ने उर्जा मन्त्रालयले जनाएको छ ।

११ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ११ मंगलवार १३:३३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...