लण्डन । यहाँका विभिन्न शहरहरुमा निर्वस्त्र महिलाहरुले घरेलु कामदारको रूपमा सेवा दिन सुरु गरेका छन्। युरोपमै पहिलो प्रयोगको रुपमा मानिएको यो सेवामा महिलाहरू पूर्ण रूपमा नग्न भएर काम गर्नेछन्। भुई सफा गर्ने, झ्याल पुछ्ने, खाना बनाउने, कपडामा आइरन गर्ने जस्ता सबै काम उनीहरुले नग्न भएरै गर्नुपर्ने छ।
सरकारले यस्तो कम्पनी चलाउन लाइसेन्स पनि दिएको छ। एक घन्टाको ६५ पाउण्ड लाग्ने यो सेवा लिने व्यक्तिले पहिल्यै कति घण्टा काम गर्ने हो त्यसको ४० प्रतिशत पहिले तिर्नुपर्छ। कम्पनी र ग्राहकको बिचमा सम्झौता पत्र हुन्छ। कपडा लगाएर सफा गर्नेहरुलाई घन्टाको २५ तिरे हुन्छ।
यसरी सफा गर्नेहरुलाई छुने, उनीहरुको तस्बिर लिने, भिडियो खिच्न पाइने छैन। मौखिक रूपमा नराम्रो बोल्न, जिस्किन पनि निषेध गरिएको छ। कामदारलाई गलत ब्यबहार गरेको खण्डमा तत्कालै पुलिसलाई खबर हुन्छ र सम्झौता भंग गरेर यौन दूराचारको अभियोगमा कानूनी कारबाही हुन्छ।
१४ माघ २०७३, एजेन्सी, ११।००
वि.सं.२०७३ माघ १४ शुक्रवार ११:२२ मा प्रकाशित