back
NMB ad

केपी ओलीको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक लोकापर्ण

Kumari bank ad

काठमाडौ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको आज राजधानीमा ओयोजित एक कार्यक्रमकाबीच  लोकापर्ण  गरिएको छ ।

प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली, एमाले नेता रघुवीर महासेठ, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, दिनेश सत्याल ‘सौरव’ चरण प्रसाईँ तथा पत्रकारद्वय कृष्णमुरारी भण्डारी र विजयकुमार पाण्डेले सयुक्तरुपमा उक्त पुस्तकको लोकापर्ण गरे ।

सो अवसरमा अध्यक्ष ओलीले पुस्तकमा उल्लेख गरिएका कुरा देशको समस्या समाधान गर्न आएको बताए । उनले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र देशको समृद्धि जस्ता कुरामा आफूले प्रश्न उठाउँदै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धमा यी कुरा सँगसँगै गाँसिएको उल्लेख गरे । सार्वभौमसत्ता, स्वाधिनताको प्रश्नसँग मुलुक गाँसिएको उल्लेख गदै अध्यक्ष ओलीले पुस्तकमा आफ्ना अभिव्यक्तिलाई  निष्ठापूर्वक व्यक्त गरेको बताए ।

एमाले नेता रघुविर महासेठले पुस्तक भविष्यका पुस्ताका लागि महत्वपूर्ण भएको भन्दै ओलीले प्रधानमन्त्री भएको बेला राष्ट्रिय स्वभामिमानमा कुनै सम्झौता नगरेको बताए । लेखक सौरवले ओलीले आफ्नो पालामा देशको नेतृत्व कुसल तरिकाले निभाएको उल्लेख गरे ।

पत्रकार पाण्डेले ओलीले नेपालको बारेमा उठाएको मुद्दा कसैले पनि फाल्न नसक्ने बताउँदै अहिलेको परिस्थिति जटिल बनेको हुँदा यसवाट मुलुकको निकास दिइने जिम्मेवारी वहन गर्न ओलीलाई आग्रह गरे । कृष्णमुरारी भण्डारीले देशलाई सङ्कटको बेला पार लगाएको हुनाले राजनेताको रुपमा ओली परिचित भएको टिप्पणी गरे ।

‘‘राजनेता सङ्कटको बेला चिनिन्छ, सङ्कटको परीक्षामा पास भएपपछि राजनेता स्थापित हुन्छ’’ उनले भने,–‘‘ओली त्यही सङ्टकको बेला स्थापित हुनुभएको राजनेता हुुनुहुन्छ ।’’

लेखक चरण प्रसार्इँले २०७४ माघ ७ गतेसम्म ओलीलाई प्रधानमन्त्री दिएको भए परीक्षक नेताको रुपमा चिनिने विचार व्यक्त गरे ।

एमाले केन्द्रीय मुख्यालयले प्रकाशन गरेको उक्त पुस्तक विष्णु रिमाल र शार्दुल भट्टराईले सम्पादन गरेका छन् । पुस्तकमा ओलीले विभिन्न समारोहमा सम्बोधन गरेका सम्बोधनलाई विभिन्न पाँच अध्यायमा ५४ वटा लेख र एउटा अन्तर्वाता समेटिएको छ ।

प्रकाशित मितिः २०७३ माघ १४

वि.सं.२०७३ माघ १४ शुक्रवार १९:२२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...