back
NMB ad

सेयरमा गीरावट आउँदा वा कम्पनी डुब्ने अवस्थाको नोक्सानीबाट कसरी बच्ने ?

Kumari bank ad

काठमाडौ । तपाई सेयर बजारको लगानीकर्ता हुनुहुन्छ र यो सेयर बजारमा लगानीलाई जोखिममुक्त कसरी बनाउने भनेर सोचिरहनुभएको छ ? यदि त्यस्तो हो भने एउटा रणनीति अपनाउन सकिन्छ । त्यो भनेको शून्य लगानी र नाफा हो  । सेयर मूल्यमा गीरावट आई हुनसक्ने नोक्सानी तथा अप्रत्यासित रुपमा कम्पनी डुब्न गई हुने नोक्सानीबाट बच्न लगानीकर्ताले शून्य लगानीसम्बन्धी सिद्धान्तलाई अबलम्बन गर्नु उपयुक्त हुनेछ ।

अब जान्नुपर्ने कुरा शून्य लगानी भनेको के हो ? यसको उत्तर खोज्दा आफुसँग भएकोमध्ये केही सेयर बिक्री गरेर आफुले गरेको लगानी रकम उठाउने र बाँकी (नाफाको) सेयरमात्र होल्ड गरेर राख्नु हो । लगानीकर्ताले आफुले गरेको लगानीलाई शून्य बनाउँदा सुरुको लगानी फिर्ता भईसकेको हुन्छ र बाँकी सेयरको मूल्य घटे पनि लगानी गरेको पुँजी डुब्ने कुनै जोखिम हुँदैन । यदि सेयर मूल्य थपघट हुँदै गएमा नाफाको रकममात्र थपघट हुने गर्छ । अर्काे जान्नुपर्ने कुरा के हो भने लगानीलाई शून्य बनाउन सेयर मूल्य बढेको बेला लगानीकर्ताले आफ्नो  सेयर बिक्री गर्नुपर्छ ।

उदाहरणको लागि कुनै लगानीकर्ताले कुनै एक बैंकको ५०० कित्ता साधारण सेयर प्राथमिक बजारबाट रु १०० रुपैंयाको दरले रु ५०,००० मा खरिद गरेको थियो । उक्त बैंकको सेयर मूल्य दोस्रो बजारमा मानौं ५०० रुपैंया प्रतिसेयर पुग्यो । लगानीकर्ताको प्रतिसेयर ५०० रुपैंयाका दरले १०० कित्ता सेयर बिक्री गरेर सुरुको लगानी रु ५०,००० उठाउन सक्छ । अझ त्यो भन्दा केही बढि सेयर बिक्री गरेर सेयर होल्ड गरेको समयको ब्याज तथा सेयर किनबेच गर्दा लागेको कमीसनको रकम उठाउन सकिन्छ ।

यो भनेको १०० कित्ता सेयर बिक्री गरेर सुरुको लगानी उठाई सकेपछि बाँकी ४०० कित्तामा कुनै लगानी नभएको मान्यता बराबर हुन्छ अर्थात् लगानी शून्य हुनजान्छ । बाँकी रहेको सबै सेयर नाफाको सेयरमात्र रहन्छ । बाँकी सेयरको मूल्य घटेपनि सुरुको लगानी उठिसकेको हुनाले नोक्सानीको हिसाबकिताब नगरी नाफा घाटाको मात्र गणना हुनजान्छ ।

सुरुको लगानी उठाईसकेपछि बाँकी रहेको सेयरमा कमिसन तथा पुँजीगत लाभ कर तिरिसकेपछि प्राप्त हुने पुरै रकम लगानीकर्तालाई नाफा हुन जानेछ । तर यो रणनीति सेयर बजार घट्दो अवस्थामा होईन बढ्दो बजारमा मात्र सम्भव छ  ।

तपाईले कुनै एउटा कम्पनीको लगानीलाई शून्य बनाईसकेपछि अन्य राम्रा तथा नाफामूलक कम्पनीको लगानीलाई पनि त्यसरी नै शून्य बनाउने प्रयास गर्नु सबैभन्दा राम्रो उपाय हुनजान्छ ।

प्रकाशित मितिः २०७३ माघ १५

वि.सं.२०७३ माघ १५ शनिवार ०८:४२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...