back
NMB ad

सिन्धुलीगढीको २५० औं विजयोत्सव भब्य रुपमा मनाइने

Kumari bank ad

सिन्धली–सिन्धुलीमा शनिबार भएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको भेलाले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि बिजय हासिल गरेको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने निर्णय गरेको छ ।
समृद्ध सिन्धुली अभियानले आयोजना गरेको भेलामा राजनीतिक दल, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, जिल्ला विकास समिति, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । भेलाले इतिहासमा एक पटक आउने २५० औं विजयोत्सवलाई भब्य बनाउन पत्रकार महासंघले सर्बपक्षीय भेला बोलाएर मुल समारोह आयोजक समिति गठन गर्ने निर्णय भएको छ ।
सिन्धुलीगढीमा बीर गोर्खाली सेनाले अंग्रेजी सेनालाई हराएको आगामी बर्ष २ सय ५० बर्ष पुग्दैछ । अभियानले त्यस अबसरमा बर्षैभर विबिध कार्यक्रम गरेर हर्षोल्लासपूर्वक मनाउने तयारी स्वरुप सिन्धुलीमाढीमा भेला गरेको हो ।
सिन्धुलीमाढीको भ्याली भ्यु होटलमा भएको भेलाले बिजय हासिल गरेको यथार्थ मिति पत्ता लगाउन पहल गर्ने निर्णय समेत गरेको छ । त्यतिञ्जेलसम्म हरेक कात्तिक २४ गते नै विजयोत्सव मनाइने भएको छ ।
अभियानले sindhuligadhi.com लाई आधिकारिक बेवसाइटका रुपमा घोषणा गरेको छ । उक्त वेवसाइटमा सिन्धुलीगढी सम्बन्धी सबै प्रकारका सामग्री अपलोड गरिने छ ।
अभियानले आगामी बर्ष २ सय २० जना ब्यवसायिक यात्रीसहितको तीन दिने साइकल यात्रा गर्ने भएको छ ।राइड टु सिन्धुली नाम दिइएको उक्त साइकल यात्राको औपचारिक घोषणा आगामी माघ २८ गते काठमाडौमा गरिने भएको छ ।

भेलामा साइकल यात्रा २०१६ बारे बनेको बृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यस अबसरमा साइकल यात्रामा भएको आम्दानी र खर्चको विवरण राइड टु सिन्धुलीगढीका संयोजक सौरभ ढकालले भेलामा प्रस्तुत गरेका थिए । भेलालेंं बिजयोत्सवका अबसरमा बर्षैभरि विभिन्न कार्यक्रम गर्ने छ । त्यसमा कलाकारिता, रंंगकर्म, चलचित्र निर्माण, निर्देशन, चित्रकारिता, फोटो पत्रकारिता, बृत्तचित्र निर्माण, गायन, सङ्गीत सिर्जना, साहित्य लेखनलगायत सिर्जनात्मक क्षेत्रमा सक्रिय स्रष्टा तथा सर्जकहरूसँग अन्तरक्रियासमेत गरिने अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए ।

वि.सं.२०७३ माघ १७ सोमवार १८:११ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...