back
NMB ad

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ०)परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । पुनर्मिलनको योग पनि छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । आफन्तसँग खिन्नता बढ्नसक्छ । सामाजिक काममा व्यस्त हुने समय पनि रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५ मा प्रकाशित

You can share this post!

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:४२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा...

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...