back
NMB ad

तरलता अभाव हट्यो, बैंकहरुमा आयो ३० अर्ब लगानीयोग्य रकम

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ ।नेपाल बैंकर्स सङ्घले आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा रु ३० अर्ब लगानीयोग्य रकम रहेको बताउनुभयो ।  “ठूला विकास परियोजनामा लगानी गर्न पर्याप्त रकम नभएको होइन त्यसको उचित व्यवस्था हुन नसकेको हो,” उहाँले भन्नुभयो ।

अधिकभन्दा अधिक निक्षेप आकर्षित गर्न बचत खातामा प्रदान गर्दै आएको ब्याजदर बढाउन आग्रह गर्दै उहाँले उत्पादकत्व बढाउने क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्था चनाखो हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय बैंकले विकासका आयोजनाको काममा अवरोध हुन नदिन पुनर्कर्जाको व्यवस्थासमेत गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले देशको आर्थिक विकासको संवाहक निजी क्षेत्रलाई कर्जा प्राप्तिमा कठिनाइ भएको गुनासो गर्दै बैंक तथा वित्तीय संस्थाले पर्याप्त कर्जा प्रवाह गर्न नसकेका बताउनुभयो । जथाभावी ब्याजदर नबढाउन आग्रह गर्दै उहाँले नुन तेल बेचे जसरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न नसकिनेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष अनिलकेशरी शाहले निक्षेपकर्ताले बचत गरेको रकम उनीहरुलाई फिर्ता दिन बैंक तथा वित्तीय संस्थासँग पर्याप्त रकम भए पनि ठूला विकास आयोजनामा लगानी गर्न बैंकहरुसँग रकम अभाव रहेको बताउनुभयो ।

२० माघ २०७३, रासस, ११।००

वि.सं.२०७३ माघ २० बिहीवार ११:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...