back
NMB ad

फेसबुकले चोरी गरेको अदालतको ठहर, ५० अर्बभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने

Kumari bank ad

अमेरिका । अमेरिकी अदालतले फेसबुकलार्इ अनधिकृत रुपमा अर्को कम्पनीको ‘भर्चुअल रियालिटी टेक्नोलोजी’ चोरी गरेको भन्दै दोषी ठहर गरेको छ । अदालतले फेसबुक लगायत घटनासँग सम्बन्धित फर्म ओकुलुसलार्इ ५० करोड डलर (५० अर्वभन्दा बढी रुपैयाँ) क्षतिपूर्ति तिर्न समेत आदेश दिएको छ । फेसबुकले सन् २०१४ मा ओकुलुसलार्इ किनेको थियो ।

ओकुलुसले हेड-सेट बनाउने क्रममा भिडियो गेम डेभलपर ‘जेनिम्याक्स’को कम्प्यूटर कोड प्रयोग गरेको बताइएको छ । आफ्नो ‘ट्रेड सिक्रेट’ अनधिकृत रुपमा चोरी गरेको आरोप लगाउँदै जेनिम्याक्स अदालत गएको थियो । ओकुलुसका सह-संस्थापक पहिले जेनिम्याक्सको कर्मचारी रहेको र उनैले जेनिम्याक्सको टेक्नोलोजी चोरी गरेको बताइएको छ ।

तल्लो अदालतले यस मुद्दामा ओकुलुसको बिपक्षमा फैसला गरेको छ । यसबापत ओकुलुसको स्वामित्व लिइसकेको फेसबुकले जेनिम्याक्सलार्इ क्षतिपूर्ति तिर्नुपर्ने भएको हो । ओकुलुसले यस घटनालार्इ निराशाजनक भनेको छ । उसले तल्लो अदालतको फैसलाको बिरुद्धमा अपिल गर्ने समेत जनाएको छ ।

बजारमा हाल बलियो रुपमा उभिएको फेसबुकलार्इ भने यो घटनाले त्रसित बनाइदिएको छ । फेसबुकले सन् २०१६ को चौथो त्रैमासिकमा खुद नाफा दोब्बरभन्दा बढी कमाएर बजारमा दर्हो उपस्थिती देखाएको थियो ।

यसले चौथो त्रैमासिकमा मात्रै ३ अर्ब ६० करोड डलर खुद नाफा कमाएको थियो । अदालतको आदेशले फेसबुकको साख गिर्ने भएकाले फेसबुक हतास देखिएको छ ।

फेसबुकका मालिक मार्क जुकरबर्गले ओकुलुसले अरु कसैको बौद्धिक सम्पति चोरी गरेको हो भने त्यो गलत भएको प्रतिक्रिया दिएका छन् । भर्चुअल रियालिटी सेक्टर फेसबुकको हालको बिजनेसहरुमध्ये निकै सानो हिस्सामात्र हो । तर भर्चुअल रियालिटीमा फेसबुकको उपस्थिती आगामी दश वर्षसम्मको लागि निकै महत्वपूर्ण हुने बताइएको छ ।

२० माघ २०७३, एजेन्सी/बिजमाण्डु, १.००

वि.सं.२०७३ माघ २० बिहीवार १३:३० मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...