back
NMB ad

माओवादी विद्रोहीसँगको बार्ता अन्त्य,सिपाईहरुलाई युद्धको तयारी गर्न निर्देशन !

Kumari bank ad

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले फिलिपिन्समा विद्रोह गरिरहेको माओवादी विद्रोहीसँगको शान्ति बार्ता अन्त्य गरेका छन् । माओवादी विद्रोहीहरुले शान्ति बार्ता अन्त्य भएको घोषणा गरेको केहीदिनपछि राष्ट्रपति डुटेर्टेले पनि सरकारको तर्फबाट बार्ता अन्त्य गरेका हुन् ।

फिलिपिन्समा लामो समयदेखि भएको रक्तपातपूर्ण द्वन्द्वलाई अन्त्य गर्न भन्दै केही समयअघि सरकार र माओवादी विद्रोहीकाबीचमा शान्ति बार्ता सुरुभएको थियो । शनिबार साँझ उनले भने, “मैले हाम्रा सिपाइहरुलाई लामो युद्धको तयारी गर्न भनिसकेको छु, हाम्रो पुस्ता रहने बेलासम्म यहाँ शान्ति स्थापना हुने भएन ।”

गत अगस्तमा दुवै पक्षले छुट्टाछुट्टै आ–आफ्नै तरिकाले युद्धविरामको घोषणा गरेका थिए । युद्धविरामपछि रोममा लामो समयसम्म लगातार शान्ति बार्ता भएको थियो । सरकारीतर्फबाट युद्धविराम अन्त्य भएको घोषणा गर्नेक्रममा राष्ट्रपति डुटेर्टेले पत्रकारसँग भने, “म ती विद्रोही माओवादीका नेतासँग बार्ता गर्न इच्छुक छैन, अव म कुनैपनि विषयमा उनीहरुसँग कुराकानी गर्न अस्विकार गर्दछु ।”

“हामी ५० वर्षदेखि लडिरहेका छौँ, यदी युद्धलाई तपाईहरु अझै ५० वर्षसम्म लम्व्याउन चाहनुहुन्छ भने हामीपनि सुखीका साथ त्यसको सामना गर्न तयार छौँ ।” विद्रोहीहरुलाई चेतावनी दिँदै उनले भने ।

फिलिपिन्समा कम्युनिष्ट विद्रोहीले सन् १९६८ देखि गरिरहेको विश्वकै सबैभन्दा लामो युद्धका कारण अहिलेसम्म झन्डै ३० हजार जना मारिएको सेनाले जनाएको छ । रासस/एएफपी

प्रकाशित मितिः २०७३ माघ २३

वि.सं.२०७३ माघ २३ आइतवार १५:१४ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...