back
NMB ad

छ त सबैका लागि पर्यटन ?

Kumari bank ad

काठमाडौं । यस वर्ष विश्व पर्यटन दिवसको नारा थियो सबैका लागि पर्यटन । सेप्टेम्बर २७ तारिकमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस पनि मनाइसकियो । नेपाली परिवेशमा आफैंमा विरोधाभास लाग्ने नारा सर्सर्ति अध्ययन गरेपछि काठमाडौंमा केही युवाहरुले भने यसको अर्थ खोज्ने जमर्को गरे । अर्थ खोज्ने भन्दै उनीहरु घोत्लिने र कोही विज्ञ खोजेर प्रबचन सुन्न तर्फ लागेनन् । उनीहरु सिधै शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरु भएको स्थान, गोंगबु, जोरपाटी र किर्तपुर पुगे । त्यहाँ रहेका अशक्त व्यसक्तहरुलाई भेटेर सोधे “तपाईहरुलाई घुम्न मनलाग्छ ?” भेटेका जति सबैको जवाफ एउटै थियो “रहर त लाग्छ नि तर कसरी पुग्नु ? जसो तसो मोटर चढेर त पुगम्ला तर ति ठाउँहरु हाम्रो लागि बनाइएको छैन, तल्ला चढ्न, खुड्किला उक्लिन, शौचालय जान हामी सक्दैनौं ।”
यस्तो जवाफ पाइसकेपछि युवाहरुको संस्था मातृभुमी फाउण्डेशनले विभिन्न स्थानमा रहेका एक दर्जन अशक्त व्यक्तिहरुलाई शहरका पुरातात्विक र पर्यटकीय महत्वका स्थानहरु घुमाउने जमर्को ग¥यो । नेपाल पर्यटन बोर्डले मातृभुमि मार्फत सहयोगको हात अघि बढाइदियो । अध्यक्ष क्षितिज कार्कीको नेतृत्वमा सात जना युवाहरु स्वयंसेवा गर्न तयार भए । पर्यटकीय शहर ठमेलमा एउटा माइक्रो बस शहर घुमाउनको लागि प्रतिक्षारत थियो । ठमेलमा जम्मा हुँदै गरेका अशक्त व्यक्तिहरु मध्य केहीलाई शौचालय जान मन लाग्यो । ठमेलमै रहेको एक होटेलको शौचालय जाने निधो भयो । सुविधा सम्पन्न होटेलको शौचालय भुँईतल्लामै थियो तर पुग्नलाई दुई वटा सिँढी उक्लनु पर्ने थियो । त्यहाँ जाने कसरी त ! हिँड्न नसक्ने भएकाले सडकमा ह्विल चेयर प्रयोग गर्थे तर सिँढी उक्लन सकेनन् । सबैका लागि पर्यटन भनिएको नारालाई ती व्यक्तिहरुले कसरी अर्थ लगाए होलान !
शुरुवातमै समस्या झेलेका उनीहरु पशुपति नाथको दर्शन गर्न पुगे । निजी व्यवसायमा नभए पनि धार्मिक आश्था भएका सबै मानिसका लागि खुल्ला गरिएको भगवानको मन्दिरमा पस्नको लागि पनि सिँढी नै चढेनु पर्ने थियो । मातृभुमिबाट खटिएका क्वयंसेवकहरु सकि नसकि अशक्त व्यक्तिहरुलाई बोकेर मन्दिरको दर्शन गराए । बौद्धमा रहेको बौद्धनाथ स्तुपा पुगे, त्यहाँ पनि घुम्नलाई उत्तिकै अप्ठ्यारो । समस्या झेल्दै भ्रमण गरिरहेको समुह पाटन दरवारस्क्वायर पुग्यो । दरबारको भित्रि भाग अवलोकत गर्न भ¥याङ चढ्नुपर्ने थियो । स्वयंसेवकले त्यस दिन त जतिसुकै दुःख परे पनि चारतल्ला माथिसम्म पु¥याएर उनीहरुको पर्यटकीयस्थल घुम्ने रहर पुरा गरिदिए । तर नारामा लेखिएको सबैका लागि पर्यटन नेपाली परिवेशमा मेल खायो त !
त्यस दिन गरिएको प्रयत्नको प्रतिवेदन मंगलबार पर्यटन बोर्डको हलमा सार्वजनिक गर्दै क्षितिज कार्की भन्दै थिए “सबैका लागि पर्यटनको अर्थ खोज्न अव घोत्लिनु पर्दैन । सरोकारवाला निकायले सामान्य सोचिदिए मात्रै पुग्छ ।”
प्रतिवेदन हेरिसकेपछि पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो गम्भिर विषय भएकाले आगामी दिनमा सबैको ध्यान जान जरुरी छ । त्यस्तै टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले सबै मानिस समान भएकाले समान अधिकार पाउनु पर्ने बताए । रिजालले आफु संलग्न संस्थाले अव बन्ने संरचनामा अपाङ्ग मैत्री बनाउन पहल गर्ने बताए । कार्यक्रमका अतिथि नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानका प्रमुख चुडामणी शर्मा कट्टेलले आफु रहेको संस्थाले आजसम्म निरुत्साहित गरेको प्रति प्रायश्चित गर्दै आगामी दिनमा तालिममा अपांग व्यक्तिहरुलाई समेत सहभागि गराउने बचन बद्धता गरे । उनले प्रतिष्ठानको नयाँ बन्न लागेको भवनपनि अपांगमैत्री बनाउन आजै निर्देशन दिने बताए । कार्यक्रमका अर्का अतिथि पर्यटन बोर्डका महानिर्देशक जयनारायण आचार्यले विभेदयुक्त संरचनाले समता मुलक समाज निर्माण नहुने बताए । उनले समतामुलक विकास पर्यटनबाटै शुरु गर्नु पर्ने बताए । प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्णकुमार अर्यालले सहजिकरण गरेका थिए ।
३ फागुन २०७३

वि.सं.२०७३ फागुन ३ मंगलवार १७:३८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...