back
NMB ad

सरकारले यसरी हटाउँदैछ साना सवारी साधन

Kumari bank ad

काठमाण्डौं । सार्वजनिक यातायातमा साना सवारी साधनले ट्राफिक व्यवस्थापनमा कठिनार्इ र यात्रा समेत कष्टकर बन्न थालेपछि साना सवारी साधन विस्थापित गर्ने नीति सरकारले लिएको छ । पछिल्लो समयमा सरकारले ठूलो सवारी साधन चलाउनेलार्इ असिमित सुविधा दिएको छ।साना सवारी साधनका लागि कुनै सुविधा छैन ।

चालु आर्थिक वर्षको बजेटमा कम्पनीको रुपमा आएका ४० सिट भन्दा माथिका सवारी साधनलार्इ ९० प्रतिशतसम्म राजस्व छुट पाउने व्यवस्था गरिएको छ ।

उपत्यकामा महानगर यातायात, मेट्रो सिटी यातायात, साझा यातायातले पनि उपत्यका र वाहिर पनि यही छुटका आधारमा सार्वजनिक यातायात संचालनमा ल्याएको छ । अब महानगरपालिका र विभिन्न नगरपालिकाले समेत यही मोडलभित्र रहेर सार्वजनिक यातायात संचालनमा ल्याउँदैछन्।

बीस वर्षअघि सार्वजनिक यातायातमा साना सवारी साधन चलाउने निर्णय घातक भएको निष्कर्ष निकाल्दै साना सवारी साधनका कारण दुर्घटना बढेको, ट्राफिक व्यवस्थापन चुनौती थपिएको र यात्रा समेत कष्टकर भएको निष्कर्ष निकाल्दै साना सवारी साधन हटाउन सरकारले नीतिगत व्यवस्था गरेको हो।

साना सवारी साधन हटाउन यातायात व्यवसायी समेत तयार छन् । अहिले महासंघ साना सवारी हटाउँदा सहुलियत दिने विषयमा सरकारलार्इ लबिङ गर्ने निष्कर्षमा पुगेका छन्।

५ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ५ बिहीवार १५:०७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...