back
NMB ad

हाइड्रोको १७ करोड २५ लाख रुपैयाँ बराबरको आइपिओ निस्कासन, पाँच दिनभित्रै भरीसक्नुपर्ने

Kumari bank ad

काठमाण्डौं । युनाइटेड मोदी इन्स्योरेन्सले १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको छ। कम्पनीले त्यसमध्ये ३४ हजार ५०० कित्ता कर्मचारी र ८६ हजार २५० कित्ता सामूहिक लगानी कोषको लागि आरक्षित गरेको छ।

प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको निष्कासनमा न्युनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन गर्न सकिने निस्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ। १९ फागुनमा बिक्री खुला गरि छिटोमा त्यही महिनाको २३ गते र ढिलोमा ३ चैतमा बन्द गर्ने जनाइएको छ।

कम्पनीले पर्वतको कुश्मा नगरपालिकास्थित मोदी खोलामा निर्माण गरेको १० मेगावाटको तल्लो मोदी–१ परियोजनाबाट अहिले बिजुली उत्पादन भइरहेको छ। उक्त परियोजना २०६९ सालमै निर्माण पूरा भएको थियो। अहिले तल्लो मोदी–१ को ‘क्यासकेट प्रोजेक्ट’को रुपमा कम्पनीले साढे १० मेगावाटको तल्लो मोदी-२ को निर्माण प्रक्रिया अघि बढाएको छ।

कम्पनीले खुलाएको आइपिओमा एनआइबिएल क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट, सिबिआईएल क्यापिटल, काठमाडौँ क्यापिटल, भिबोर क्यापिटल, गोर्खाज फाइनान्सका शाखाहरु, आइसिएफसी फाइनान्सका शाखाहरु, सिनर्जी फाइनान्सका शाखाहरु, हाम्रो विकास बैंक नुवाकोट, ग्रीन डेभलपमेन्छ बैंक बाग्लुङ र साझा विकास बैंकका शाखा मार्फत आवेदन दिन सकिनेछ।

त्यस बाहेक ‘एप्लिकेशन सपोर्ट बाइ ब्लक सिष्टम (आस्वा) स्वीेकृति लिएका बैंकमा खाता हुनेले आस्वा प्रणाली मार्फत लगानी गर्न सक्ने समेत जनाइएको छ।

९ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ९ सोमवार ११:२७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...