काठमाण्डौं । कालिका माइक्रोक्रेडिट डेभलमपेण्ट बैंकले आफ्ना सेयर धनीहरुका लागि बम्पर अफर ल्याएको छ । बैंकले आफ्ना सेयर धनीका लागि ६५ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेकोछ ।
सो प्रस्तावलाई आजै नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको नेपाल स्टक एक्सचेन्जले एक सूचना जारी गरी बताएकोछ । बैंकको अब हुन लागेको साधारण सभाले यो प्रस्तावलाई पास गरेपछि सेयरधनीले ६५ प्रतिशत बोनस पाउने भएका छन् ।
९ फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन ९ सोमवार ११:५६ मा प्रकाशित