back
NMB ad

के तपाईले कर कार्यालयमा एउटा र बैंकमा अर्कै वित्तीय विवरण पेश गर्नु भएकोछ ?

Kumari bank ad

काठमाण्डौं । तपाईले बैंक तथा बित्तीय संस्थाबाट कर्जा लिँदा आफ्नो आम्दानी बढाएर देखाउने या त एउटा निकायमा एउटा र अरु निकायमा अर्कै बित्तीय बिबरण पेश गर्नुभएको छ ? या त अब कर्जा लिने विषयमा यस्तो गर्ने सोच्दै हुनुहुन्छ ? यदि त्यस्तो हो भने अब बैैकिङ कसुर अनुसार कारबाही हुने भएकोछ ।

राष्ट्र बैंकले मंगलबार जारी गरेको मौद्रिक नीतिको समीक्षामा कुनै पनि ऋणीले पेश गरेको बित्तीय बिबरणहरु एक भन्दा बढी पाईएमा त्यस्तो कार्यलाई कसुर मानिने बैंकिङ कसुर सम्बन्धी ऐन २०६४ को संशोधनले ब्यवस्था गरेको उल्लेख छ ।

कतिपय ऋणीले कर कार्यालयमा एउटा बित्तीय बिबरण पेश गर्ने र कर्जा लिँदा बैंकमा अर्को बिबरण पेश गर्ने गरेको गुनासो आईरहेको सन्दर्भमा नयाँ ब्यवस्था लागु हुने भएको हो ।

सो ब्यवस्था अनुसार दोहोरो बित्तीय बिबरण तयार गरेर कर्जा लिने ऋणीको कर्जालाई खराब कर्जामा बर्गीकरण गरेर शत प्रतिशत नोक्सानी ब्यवस्था गर्नुपर्ने र तत्काल असुली प्रक्रिया अबलम्बन गर्नुपर्ने नियम बनाइएको छ ।

१० फागुन २०७३, ३।००

वि.सं.२०७३ फागुन १० मंगलवार १५:४६ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...